News Category 2079/12/16
रामनवमीमा स्व. सिंहको सम्झना
दैनिक समाचारदाता
राजविराज, १६ चैत ।
नेपाल सद्भावना पार्टीका संस्थागत अध्यक्ष एवं मधेशी अधिकारका लागि संगिठत अभियानका नेतृत्व गरेका स्व. गजेन्द्र नारायण सिंहको राजनीतिक योगदानको सम्झना गर्दै उनको जन्म जयन्ति बिहीबार मनाइएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सिंहको ९४ औं जन्म जयन्तिका अवसरमा राजविराजस्थित गजेन्द्र चौकमा उनको शालिकमा माल्यार्पण तथा विचार गोष्ठीको आयोजना गरेको छ ।
जिल्ला अध्यक्ष सुनिलकुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, महिला नेतृ साधना झा, सीताराम मण्डल, उषा मण्डल लगायतले मधेशी अधिकारका लागि संगठित अभियान चलाएर सिंहले गरेको योगदान अविस्मरणिय रहेको उल्लेख गरे ।
यस्तै उनको सम्झनामा लोसपाले साँझ दिप प्रज्ववलन कार्यक्रम समेत गरेको छ । स्थानिय गजेन्द्र चौकमा दिप प्रज्ववलन गरेर उनलाई सम्झे ।
यसअघि बिहीबारै जसपाका यूवा नेता एवं हनुमाननगर कंकालिनी नगरपालिकाका निर्वतमान नगर प्रमुख शैलेश कुमार साहको अगुवाईमा नेता सिंहको शालिकमा माल्यार्पण, सरसफाई तथा मधेश आन्दोलनमा स्व. सिंहको योगदान विषयक विचार गोष्ठी कार्यक्रमको आयोजना गरिएको छ ।
हनुमाननगरको मुख्य बजार क्षेत्रमा स्थापना गरिएको शालिकमा माल्यार्पण पश्चात् आयोजित विचार गोष्ठीका सहभागिहरुले उनको राजनीतिक योगदानको सम्झना गरे ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका घर भएका सिंहको बि.स. १९८५ सालमा रामनवमीकै दिन जन्म भएको थियो । प्रत्येक वर्ष उनका अनुयायीहरुले रामनवमी कै दिन विभिन्न कार्यक्रमको आयोजना गरि उनको जन्म जयन्ति मनाउँदै आएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ