News Category 2079/12/16
रक्तदान गरि मनाइयो पत्रकार महासंघको स्थापना दिवस
दैनिक समाचारदाता
राजविराज, १६ चैत ।
नेपाल पत्रकार महासंघको ६८ औ स्थापना दिवसको अवसरमा शाखा सप्तरीले बिहीबार रक्तादान कार्यक्रमको आयोजना गरेको छ ।
उपचारका लागी आउने विरामीहरुलाई रगतको अभाव समस्या बन्ने गरेका बेला पत्रकारहरुले आफ्नो संगठनको स्थापना दिवस रक्तदान कार्यक्रमको आयोजना गरी मनाएका हुन् ।
स्थानिय गजेन्द्र नारायण सिंह अस्पताल परिसरमा रहेको रक्त संचार केन्द्रमा पत्रकार, नेपाल प्रहरी र सशस्त्र प्रहरी वलका २४ जनाले रक्तदान गरेका छन ।
रक्तदान गर्नेहरुमा नेपाल पत्रकार महासmस्ंघका कार्यवाहक अध्यक्ष बैधनाथ यादब, रक्षा चौधरी, जितेन्द्र झा, रामनारायण यादब, कमल मण्डल, रमानन्द देव, दिपेश देव जोशी, संजिव दास रहेका छन ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय सप्तरीका सई प्रराज चौलागाई, सागर मल्ल, अजय चौधरी, जितेन्द्र यादब, सुमन चौलागाई, कौशल पुन, नवराज श्रेष्ठ, रामशरण महतो र शिरोमनि साहले रक्तदान गरेका छन् ।
यसैगरि सशस्त्र प्रहरी वलका सई सजित श्रेष्ठ, केवल कार्की, हेमबहादुर सेढाई, कुमार शिवभक्ती, कृष्ण लामा, श्यामकुमार श्रेष्ठ र सुजन बैदवाले रक्तदान गरेको महासघका सचिव रामनारायण बिश्वासले जानकारी दिए ।
यसैबीच पुर्व मन्त्री शैलेन्द्र प्रसाद साह र शाखा सप्तरी कार्यवाहक अध्यक्ष बैधनाथ यादबले संयुक्त रूपमा केक काटेर स्थापना दिवस मनाइएको छ ।
उक्त अवसरमा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष बैधनाथ झा, मुरली प्रसाद यादब, प्रेस मंचका महासचिव अबधेश झा, प्रेस युनियनका केन्द्रीय सदस्य मिथिलेश यादब, प्रेस मंच सप्तरीका अध्यक्ष भूषण सिंह, शाखा सप्तरी सचिव रामनारायण बिश्वास, कोषाध्यक्ष नवीनकुमार गुप्ता, समाजसेवी हितनारायण लाल दास, बरिष्ठ पत्रकार गणेशलाल देव, संचारकर्मी चन्दन यादब, बिन्दु यादब, प्रियासिंह थारू, कृष्णा मण्डल, परिष कर्ण, रक्त संचार केन्द्र नवीन झा, शैलेन्द्र सिंह लगायतका संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ