News Category 2079/12/16
आगो लगाएर फरार रहेका यादव दम्पत्ति पक्राउ
दैनिक समाचारदाता
राजविराज, १६ चैत ।
सप्तरीको सुरुङ्गा नगरपालिका ९ बैरबोनाका रमानन्द यादवको घरमा आगो लगाएर फरार रहेका यादव दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बैरबोना निवासी ३५ वर्षिय बिरेन्द्र यादव र उनकी श्रीमती २९ वर्षिया रन्जु कुमारी यादव रहेका छन् । उनीहरुलाई प्रहरीले सिरहाको लहानस्थित अस्पताल चोकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
घटनाक्रम अनुसार चैत ११ गते बिहान ३ बजे स्थानिय रमानन्द यादवको खरले छाएको फुसको घरमा यादव दम्पत्ति र वडा नं. १० सिस्वा बस्ने ४५ वर्षिय रामबिलास यादवले आगो लगाएका थिए । उनीहरुले आगो लगाउँदै गरेको अवस्था स्थानियले देखेपछि फरार भएका थिए । सो आगलागिमा नगद १५ हजारका साथै घर र अन्नपातगरि ९९ हजार २ सय मुल्य बराबरको क्षति भएको थियो ।
तीनै जना बिरुद्ध अपराधिक उपद्रव (आगोलागि) मुद्दा दर्ता भएपछि फरार रहेका उनीहरु मध्ये यादव दम्पत्तिलाई बिहीबार प्रहरी चौकी धाँती र ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ