News Category 2079/12/16
बढदै आत्महत्याका घट्ना, झुण्डिएको अवस्थामा पुरुष र किशोरी मृत फेला, महिलाद्वारा विषादी सेवन
दैनिक समाचारदाता
राजविराज, १६ चैत ।
सप्तरीमा आत्महत्याका घटना निकै बढ्दै गइरहेको छ । दुई दिनमा एक पुरुष र एक किशोरी झुण्डिएर मृत अवस्थामा फेला परेका छन् भने एक महिलाले किरा मार्ने विषादी सेवन गरेकी छिन् ।
चालु आर्थिक वर्ष २०७९÷८० को हाल सम्मको अवधीमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या ८१ पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्कले देखाएको छ ।
पछिल्लो पटक जिल्लाको कंचनरुप नगरपालिका ९ रुपनगर सरदार टोलका एक पुरुष पासो लगाई झुण्डिएर मृत अवस्थामा बिहीबार फेला परेका छन् ।
घरदेखी ७ सय मिटर दक्षिण रहेको सिताराम कबराको आँप बगैँचामा ५५ वर्षिय राजकुमार सरदार आँपको रुखको हाङ्गामा गलबन्दिको पासो लगाई झुण्डीएर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बिहान स्थानियले झुण्डीरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना बारे इलाका प्रहरी कार्यालय कंचनपुरले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यसअघि जिल्लाको विष्णुपुर गाउँपालिका ३ मुसहरनिया टोल निवासी स्थानिय राम कुमार मण्डलकी १८ वर्षिया छोरी पुजा कुमारी मण्डल झुण्डिएर मृत अवस्थामा फेला परेकी छिन् । उनी घरमा कोई नभएको अवस्थामा सुत्ने कोठाको बाँसको बलोमा कपडाको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानले आत्महत्या नै देखाएपनि घरमा कोही नभएको बेला आत्महत्या गरेको देखिएको तथा कारण खुल्न नसकेको प्रहरीको भनाई छ । केही समय यता जिल्लामा आत्महत्याका घट्ना अत्यधिक बढेको पाइएको छ । जिल्लामा २०७८÷७९ मा झुण्डिएर, विष सेवन गरेर र आगो लगाएर १ सय ३६ जनाले ज्यान गुमाएका थिए ।
यता बिहीबार दिउँसो जिल्लाको डाकनेश्वरी नगरपालिका ६ बिसनपुर निवासी मो. राजाउलकी श्रीमती २२ वर्षिया ननकी खातुनले किरा मार्ने बिषादी सेवन गरेकी छिन् । विषादी सेवन पश्चात् उनी बिरामी भएपछि स्थानिय उमाकान्त कल्पना मेमोरियल अस्पताल पातोमा उपचारार्थ छिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ