News Category 2079/12/16
“जय श्री राम” को नाराले बजार गुन्जियो
दैनिक समाचारदाता
राजविराज, १६ चैत ।
रामनवमीको अवसरमा राजविराज बजार क्षेत्र बिहीबार बिहानैदेखी “जय श्री राम” को नाराले गुन्जयमान भएको छ । राममन्दिरबाट हजारौंको संख्यामा निस्केको शोभायात्रामा सहभागि भक्तजनहरुले नगर परिक्रमका क्रममा लगाएको “जय श्री राम” को नाराले नगर गुन्जयमान बनाएको हो ।
हिन्दु नरसिंह सेना नेपाल सप्तरीको अगुवाईमा निकालिएका शोभायात्रामा हजारौं महिला÷पुरुष सहभागि भए । शोभायात्रामा भक्तजनहरु नाचगान गर्दै सहभागि भएका थिए ।

शोभायात्रामा यसै क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. सिके राउत पनि सहभागि भई भक्तजनको उत्साह बढाएका थिए । सो अवसरमा उनले हिन्दुधर्म प्रति आफ्नो विशेष आस्था र लगाव रहे पनि सबै धर्म, जातजातीप्रति उत्तिकै सम्मान रहेको बताए ।
यस अवसरमा राजविराज ६ स्थित राम मन्दिरका साथै अन्य स्थानमा रहेका राम मन्दिरहरुमा पनि बिहानैंदेखी दर्शनार्थीहरुको घुइचो लागेको थियो । भीड व्यवस्थापन गर्न तथा पूजापाठको सहज व्यवस्थापनका लागि मन्दिर समितिले स्वयंसेवक तथा जिल्ला प्रहरी कार्यालयले प्रहरी परिचालन गरि आवश्यक सुरक्षा प्रबन्ध मिलाएको थियो ।
यस अवसरमा विश्व हिन्दु परिषद्, हनुमान आराधना मंडललगायत हिन्दुवादी संघ संगठन समेतले जिल्लाको विभिन्न स्थानमा शोभायात्रा निकालेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ