News Category 2079/12/16
छोराछोरीलाई डाक्टर, ईन्जिनियर मात्र बनाउन खोज्ने प्रबृतीले समाजको बिकास हुन सक्दैन ः डा. राउत

दैनिक समाचारदाता
राजविराज, १६ चैत ।
प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त राउत (सी.के.) ले आज भोली सबैले आफ्ना छोराछोरीलाई डाक्टर, ईन्जिनियर मात्र बनाउन खोज्ने प्रबृतीले समाजको बिकास हुन नसक्ने बताएका छन् ।
रामनवमीको अवसरमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित राजधोव समुदायको लखाय बाबा मन्दिरको बिहीबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्दिरको उद्घाटनका क्रममा सम्बोधन गर्दै डा. राउतले जोखिम नलिएसम्म कोई पनि अगाडि बढ्न नसक्ने बताउँदै उनले भने, “समाजको बिकास तब मात्र सम्भव हुनसक्छ जब, आ–आफ्नो परिवारमा जो बच्चा जे बन्न चाहन्छ, जे पढन चाहन्छ अभिभावकले पनि त्यसमै हौसला बढाउनु पर्छ ।”
ईतिहासको महत्व छ, तर ईतिहास मात्र सबै होईन, उनले भने, “ईतिहास, बिगत देखाएर मात्र हुदैन, आजको समयमा हामी कति गर्न सक्छौ त्यो महत्वपुर्ण हुन जान्छ ।”
उक्त अवसरमा प्रदेश सभा सदस्य सतिश कुमार सिंह, हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र माझी, राजधोग महासंघ नेपाल भारत केन्द्रीय अध्यक्ष बिखो माझी, जातिय मैनजन रघुराज मण्डल, मन्दिर निर्माण समिति अध्यक्ष कपलेश्वर माझी, भारदहका थानपति सहादेव मरर, नेपाल पत्रकार महासँघ सप्तरी पुर्व अध्यक्ष जितेन्द्र खडगा लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
लखाय बाबा मन्दिर उद्घाटन कार्यक्रममा नेपाल र भारतवाट राजधोव स्वजातिय संगठनहरूका मैनजन, थानपति तथा सर्वसाधरणको उल्लेख्य सहभागिता रहेको आयोजक समितिका राजकुमार गाईमले जानकारी दिए ।
यसअघि बिहीबार बिहान स्वजातिय महिलाहरुले कोसी ब्यारेजबाट कलश भरेर मन्दिरसम्मको पदयात्रा गरेका थिए ।
राजधोव समुदायको जातिय देवता लखाय बाबा मन्दिरमा मुर्ती स्थापना सँगै बिधिवत पुजापाठ गर्दै डा. राउतले रिवन काटेर मन्दिरको शुभारम्भ गरेका हुन् । बर्षौको प्रतिक्षापछि भारदहस्थित कंकालनी मन्दिर छेउमा लखाय बाबाको मन्दिर राजधोव समुदायका ब्यक्तिहरुको आर्थिक सहयोगमा निर्माण गरेर मुर्ती स्थापना गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ