News Category 2079/12/17
टायर पन्चर हुँदा अनियन्त्रित भई कार पल्टिदा एकको मृत्यु, दुई गम्भिर
दैनिक समाचारदाता
राजविराज, १७ चैत ।
टायर पन्चर हुँदा अनियन्त्रित भई कार पल्टिदा शुक्रबार एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा दुई जना गम्भिर घाइते भएका छन् ।
पुर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ स्थित कंकालिनी मन्दिर र कोशि ब्यारेज सडक खण्डमा शुक्रबार बिहान बा.१९च.५५७६ नं. को कारको अगाडी भागको टायर पन्चर हुँदा अनियन्त्रि भई पल्टिएको हो ।
पुर्वबाट पश्चिमतर्फ जादै गरेको उक्त कारमा सवार सुनसरीको इनरुवा नगरपालिका ५ निवासी ६५ वर्षिय लिला बहादुर कार्कीको उपचारका क्रममा बिराटनगरस्थित नोबेल अस्पतालमा शुक्रबारै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भिर घाइते हुनेहरुमा कारका चालक खोटाङको मार्फा २ बस्ने ५९ वर्षिय राजकुमार नेपाल र कारमा सवार उदयपुर जिल्लाको त्रियुगा नगरपालिका १० गाईघाट बस्ने ८३ वर्षिय योग्य बहादुर कार्की छन् ।
उनीहरुको भारदहस्थित अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बिराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ