News Category 2079/12/17
ब्रह्माकुमारी राजयोग सेवा उपकेन्द्रको भवन बनाउन झकरैत दम्पतीद्वारा जग्गादान
दैनिक समाचारदाता
राजविराज, १७ चैत ।
सप्तरीको तिरहुत गाउँपालिका निवासी एक समाजसेवी दम्पतीले ब्रह्माकुमारी राजयोग सेवा उपकेन्द्र भवन निर्माणका लागि लाखौ मूल्य बराबरको जग्गा निःशुल्क प्रदान गरेका छन् ।
तिरहुत गाउँपालिका ५ लोहजराका समाजसेवी डम्बर नारायण झकरैत यादव र उनकी पत्नी सहावती देवीले ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र भवनका लागी आफ्नो नाममा रहेको एक कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका हुन ।

राजविराजमा रहेको केन्द्रको क्षेत्रीय कार्यालयले सो गाउँपालिकामा उपकेन्द्र बनाउन जग्गा खोजी रहेका वेला झकरैत दम्पतीले निःशुल्क जग्गादान गरेर ठूलो गुण लगाएको केन्द्रकी मुख्य प्रभारी ब्रह्माकुमारी भगवती दिदीले बताईन ।
शुक्रवार मुख्य प्रभारी भगवती दिदी, दिपक भाई, बैजन्ती दिदी, मधुसुधन लाल देव, छिमेकी राष्ट्र भारत माउन्ट आबुका प्रशिक्षण विभागका प्रमुख रामचन्द्र भाई, वडा अध्यक्ष रमानन्द चौधरी सहितको गाउँ पुगेको टोलीलाई एक कार्यक्रमबीच झकरैत दम्पतीले जग्गा प्रदानको घोषणासहित कागजातहरु हस्तान्तरण गरेका छन ।
जग्गा पाएपछी प्रस्तावित निर्माणस्थलमा झण्डोत्तलन समेत गरिएको छ । केन्द्रकी मुख्य प्रभारी भगवती दिदीले झकरैत दम्पतीले जग्गा दिएपछी उपकेन्द्र भवन बनाउने बाटो खुलेको बताईन । उनले छिट्टै मालपोत कार्यलयबाट कित्ताकाट र केन्द्रको नाममा रजिष्ट्रेशन पास गराई निर्माण प्रकृया सुरु गरिने जानकारी दिइन ।
झकरैत दम्पतीका एक छोरा र दुई छोरी छन । दुबै छोरीको विवाह भइसकेको छ । छोरा दिनानाथ यादव पत्रकारिता पेशमा आवद्ध छन । समाजसेवा भनेपछी तुरन्त अग्रसर हुने आमा बुवाले ब्रहमाकुमारी राजयोग सेवा केन्द्र बनाउन जग्गा खाँचो भएको जानकारी पाएपछी आफुसंग पनि सल्लाह गरेर जग्गा दान गरेको र यसमा आफुलाई पनि निकै गौरव र खुशी महसुस भएको छोरा दिनानाथ यादवले बताए ।
वडाअध्यक्ष रमानन्द चौधरीले केन्द्रको भवन निर्माणमा पालिकाबाट पनि सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ