News Category 2079/12/19
खानेपानीको गुणस्तर परिक्षणका लागि गाउँपालिका कार्यालयमै ल्याब स्थापना
दैनिक समाचारदाता
राजविराज, १९ चैत ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले युनिसेफको सहयोगमा खानेपानीको गुणस्तर परिक्षणका लागि गाउँपालिका कार्यालयमै ल्याबको स्थापना गरिएको छ ।
आइतबार एक कार्यक्रमबीच गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव र वडा नं. १ का वडा अध्यक्ष दिनेश्वर मिश्रले संयुक्त रुपमा उद्घाटन गरे ।
ल्याब स्थापनाले पानीको गुणस्तर जाच्न र स्वच्छ खानेपानी पिउनुपर्ने भन्ने बिषयमा सचेत गराउनमा सहयोग पुग्ने प्रमुख प्रशासकीय अधिकृत यादवले बताए ।
ल्याबबाट ईकोली, पिएच, आर्सेनिक, टर्बिडिटी, इलेक्ट्रीकल कन्डक्टिभिटी लगायतका ७ वटा जाँच सेवाहरु उपलब्ध हुने युनिसेफका खानेपानी सरसफाई स्वच्छ्ता कार्यक्रम अधिकृत अन्नपूर्णा मिश्रले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा पानीको जाँच र यसको प्रक्रिया तथा प्रविधिका बारेमा गाउँपालिकाका खानेपानी सरसफाई तथा स्वच्छता (वास) कार्यक्रमका सम्पर्क ब्यक्ति किशोर कुमार झाले जानकारी दिए ।
सो अवसरमा गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक दिपक मण्डल, कार्यक्रम अधिकृत राजेश कुमार झा, वास कार्यक्रमका जिल्ला संयोजक रोशन गुप्तालगायतको सहभागिता थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ