News Category 2079/12/20
सवारी दुर्घटनामा दुई महिलासहित चार जना घाइते

दैनिक समाचारदाता
राजविराज, २० चैत ।
सप्तरीमा आइतबार र सोमबार भएको विभिन्न सवारी दुर्घटनामा परि दुई महिलासहित चार जना घाइते भएका छन् ।
पछिल्लो पटक सोमबार जिल्लाको खडक नगरपालिका ११ वडा कार्यालयस्थित हुलाकी सडक खण्डमा ट्याक्टर मोटरसाइकलमा ठोकिदा श्रीमान श्रीमति घाइते भएका छन् ।
पुर्वबाट पश्चिमतर्फ जादै गरेको स.१त. १७०६ नं. को ट्याक्टरले बाटो काट्ने क्रममा सोहि दिशातर्फ जादै गरेको प्रदेश २–०१–००१– प.१६१६ नं. को मोटरसाइकलमा ठोकिन पुगेको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा मोटरसाइकल चालक बोदेबर्साईन ८ निवासी २२ वर्षिय पप्पु ठाकुर र पछाडी सवार उनकी श्रीमती २० वर्षिया मधु देवी ठाकुर घाइते भएका छन् । दुबै जनाको उपचार छिन्नमस्ता अस्पताल राजबिराजमा भईरहेको तथा ट्याक्टर र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ । यता ट्याक्टर चालक फरार रहेकोमा खोजतलास जारि रिहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै आइतबार दिउँसो राजबिराज ८ स्थित सडकखण्डमा रुपनीबाट राजबिराज तर्फ आउदै गरेको स.१प.६४३३ नं.को मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको स.१ज.२६४ नं.को म्याजिक एक आपसमा ठोकिदा मोटरसाइकल चालक घाइते भएका छन् ।
घाइते हुनेमा राजबिराज ८ निवासी ६० वर्षिय प्रदिप चौधरी रहेको प्रहरीले जनाएको छ । उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचार भईरहेको तथा म्याजिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । म्याजिक चालक फरार रहेकोले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरि आइतबारै बोदेबर्साइन ५ शत्रुध्न चौकस्थित हुलाकी सडक खण्डमा पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको स.९ प.४६१२ नं.को मोटरसाइकलले विपरीत दिशाबाट जादै गरेको पैदल यात्रीलाई ठक्कर दिएको छ ।
ठक्करबाट बोदेबर्साइन ३ गौरा निवासी ४५ वर्षिया मदिना खातुन घाइते भएकी छिन् । उनको स्थानिय जिवन ज्योति अस्पतालमा उपचार भइहरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ