News Category 2079/12/20
प्रदेशसभा सदस्य सिंहद्वारा अस्पतालको आकस्मिक निरिक्षण, अस्पतालले बिरामीलाई छिटोछरितो सेवा दिन अग्रसर हुनुपर्नेमा जोड
दैनिक समाचारदाता
राजविराज, २० चैत ।
प्रदेशसभा सदस्य सतिश कुमार सिंहले सोमबार राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको आकस्मिक निरिक्षण गरेका छन् । सो क्रममा उनलाई बिरामीहरुले अस्पतालबाट छिटोछरितो सेवा नपाएको गुनासो गरे ।
अस्पतालमा आउने बिरामीहरुले पाउने निशुल्क औषधी र समयमा ल्याव रिपोर्ट नपाएको बताउँदै अस्पतालमा सेवा लिन आएका स्वास्थ बिमा गरेका बिरामीहरूले अस्पतालबाट निशुल्क औषधी नपाएको र बिरामीलाई स्लाईनका लागि पानी मात्र दिने बाहेक अन्य कुनै औषधी उपलब्ध नभएको गुनासो पनि गरे । अस्पताल भित्र रहेका बेडहरूमा वेड सिट नभएको र भएकोमा पनि वेड सिट पनि नियमित नफेरेको तथा सरसफाई पनि गरेको नपाइएको बिरामीहरुलाई उद्धृत गर्दै प्रदेशसभा सदस्य सिंहले संचारकर्मीलाई बताए ।
त्यस्तै ल्याबका कर्मचारीहरूको लापरवाही, ब्यवहारका कारण बिरामीहरूले समयमा ल्यावको रिपार्ट नपाउदाँ बिरामीहरूले सास्ती भाग्नुपरेको निरिक्षण क्रममा बिरामीहरूले गुनासो गरेको उनको भनाई थियो ।
रेडियोलोजिस्ट नहुदाँ अस्पतालमा सिटिस्क्यान, भिडियो एक्सरे केही दिनदेखि बन्द हुदाँ सेवा लिन बिरामीहरू समस्यामा परेको भन्दै त्यस्ता अत्यावश्यक उपकरणहरु संचालनमा ल्याउन अस्पताल प्रशासनले पहल गर्नु पर्ने बताए ।
उनले अस्पताल निरिक्षणको क्रममा देखिएका समस्याको बारेमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश प्रसाद साहलाई जानकारी गराएका थिए । डा. साहले अस्पताल प्रशासनले बिरामीहरूलाई छिटोछरितो र सहज सेवा दिन प्रतिबद्ध रहेको र रेडियोलोजिष्टको लागि बिभागवाट माँग गरेको जानकारी दिए ।
सो अवसरमा प्रदेशसभा संगै जनमत पार्टी नेता, अस्पतालका कर्मचारी, संचारकर्मीहरु लगायतको सहभागिता रहेको थियोे ।
अस्पतालको निरिक्षण गर्दै प्रदेश सभा सदस्य सिंहले अस्पताललाई स्तरोन्नती र सहयोगका लागि आफू सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ