News Category 2079/12/20
प्रदेशसभा सदस्य सिंहद्वारा अस्पतालको आकस्मिक निरिक्षण, अस्पतालले बिरामीलाई छिटोछरितो सेवा दिन अग्रसर हुनुपर्नेमा जोड
दैनिक समाचारदाता
राजविराज, २० चैत ।
प्रदेशसभा सदस्य सतिश कुमार सिंहले सोमबार राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको आकस्मिक निरिक्षण गरेका छन् । सो क्रममा उनलाई बिरामीहरुले अस्पतालबाट छिटोछरितो सेवा नपाएको गुनासो गरे ।
अस्पतालमा आउने बिरामीहरुले पाउने निशुल्क औषधी र समयमा ल्याव रिपोर्ट नपाएको बताउँदै अस्पतालमा सेवा लिन आएका स्वास्थ बिमा गरेका बिरामीहरूले अस्पतालबाट निशुल्क औषधी नपाएको र बिरामीलाई स्लाईनका लागि पानी मात्र दिने बाहेक अन्य कुनै औषधी उपलब्ध नभएको गुनासो पनि गरे । अस्पताल भित्र रहेका बेडहरूमा वेड सिट नभएको र भएकोमा पनि वेड सिट पनि नियमित नफेरेको तथा सरसफाई पनि गरेको नपाइएको बिरामीहरुलाई उद्धृत गर्दै प्रदेशसभा सदस्य सिंहले संचारकर्मीलाई बताए ।
त्यस्तै ल्याबका कर्मचारीहरूको लापरवाही, ब्यवहारका कारण बिरामीहरूले समयमा ल्यावको रिपार्ट नपाउदाँ बिरामीहरूले सास्ती भाग्नुपरेको निरिक्षण क्रममा बिरामीहरूले गुनासो गरेको उनको भनाई थियो ।
रेडियोलोजिस्ट नहुदाँ अस्पतालमा सिटिस्क्यान, भिडियो एक्सरे केही दिनदेखि बन्द हुदाँ सेवा लिन बिरामीहरू समस्यामा परेको भन्दै त्यस्ता अत्यावश्यक उपकरणहरु संचालनमा ल्याउन अस्पताल प्रशासनले पहल गर्नु पर्ने बताए ।
उनले अस्पताल निरिक्षणको क्रममा देखिएका समस्याको बारेमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश प्रसाद साहलाई जानकारी गराएका थिए । डा. साहले अस्पताल प्रशासनले बिरामीहरूलाई छिटोछरितो र सहज सेवा दिन प्रतिबद्ध रहेको र रेडियोलोजिष्टको लागि बिभागवाट माँग गरेको जानकारी दिए ।
सो अवसरमा प्रदेशसभा संगै जनमत पार्टी नेता, अस्पतालका कर्मचारी, संचारकर्मीहरु लगायतको सहभागिता रहेको थियोे ।
अस्पतालको निरिक्षण गर्दै प्रदेश सभा सदस्य सिंहले अस्पताललाई स्तरोन्नती र सहयोगका लागि आफू सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ