News Category 2079/12/21
बसले अटोलाई र ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा चालकसहित तीन घाइते
दैनिक समाचारदाता
राजविराज, २१ चैत ।
सप्तरीको छुट्टाछुट्टै दुई स्थानमा सोमबार भएको सवारी दुर्घटनामा तीन जना घाइते भएका छन् । बसले अटोलाई र ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा चालकसहित तीन जना घाइते भएका हुन् ।
जिल्लाको कंचनरुप नगरपालिका वडा नं. १० बदगामास्थित पुर्ब पश्चिम राजमार्गमा यात्रुबाहक बसले अटोलाई ठक्कर दिदा अटोमा सवार दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।
पुर्बबाट पश्चिम तर्फ आउदै गरेको प्र२–०३–००१ख.०३३० नं. को बसले बिपरित दिशातर्फ जादै गरेको प्र२–०१–००१ ह.१२९६ नं. को अटोलाई ठक्कर दिदा अटो चालक कंचनरुप २ निवासी ४८ वर्षिय दिपेन साह र वडा नं. १ महादेवपट्टी निवासी २५ वर्षिय अजय कुमार राउत घाइते भएका छन् ।
घाइते दुबैको धर्मेश्वर अस्पताल ठेलियामा उपचार पश्चात थप उपचारका लागि बिराटननगर पठाइएको तथा बस प्रहरीले नियन्त्रणमा लिई फरार रहेका चालकको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै जिल्लाको खडक नगरपालिका ३ बनरझुलास्थित पुर्व–पश्चिँम राजमार्गमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स.१त.२२३ नं. को ट्याक्टरले बिपरित दिशातर्फ आँउदै गरेको प्र.२–०२–००३प.५१०७ न. मोटरसाइकललाई ठक्कर दिँदा चालक डाक्नेश्वरी नगरपालिका ७ निवासी ३५ वर्षिय राज कुमार साह घाइते भएका छन् ।
उनको माँ धमिनि अस्पताल लहानमा उपचार भईरहेको र ट्याक्टर, मोटरसाइकल प्रहरीको नियन्त्रणमा तथा फरार ट्याक्टर चालकको खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ