News Category 2079/12/21
बसले अटोलाई र ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा चालकसहित तीन घाइते
दैनिक समाचारदाता
राजविराज, २१ चैत ।
सप्तरीको छुट्टाछुट्टै दुई स्थानमा सोमबार भएको सवारी दुर्घटनामा तीन जना घाइते भएका छन् । बसले अटोलाई र ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा चालकसहित तीन जना घाइते भएका हुन् ।
जिल्लाको कंचनरुप नगरपालिका वडा नं. १० बदगामास्थित पुर्ब पश्चिम राजमार्गमा यात्रुबाहक बसले अटोलाई ठक्कर दिदा अटोमा सवार दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।
पुर्बबाट पश्चिम तर्फ आउदै गरेको प्र२–०३–००१ख.०३३० नं. को बसले बिपरित दिशातर्फ जादै गरेको प्र२–०१–००१ ह.१२९६ नं. को अटोलाई ठक्कर दिदा अटो चालक कंचनरुप २ निवासी ४८ वर्षिय दिपेन साह र वडा नं. १ महादेवपट्टी निवासी २५ वर्षिय अजय कुमार राउत घाइते भएका छन् ।
घाइते दुबैको धर्मेश्वर अस्पताल ठेलियामा उपचार पश्चात थप उपचारका लागि बिराटननगर पठाइएको तथा बस प्रहरीले नियन्त्रणमा लिई फरार रहेका चालकको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै जिल्लाको खडक नगरपालिका ३ बनरझुलास्थित पुर्व–पश्चिँम राजमार्गमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स.१त.२२३ नं. को ट्याक्टरले बिपरित दिशातर्फ आँउदै गरेको प्र.२–०२–००३प.५१०७ न. मोटरसाइकललाई ठक्कर दिँदा चालक डाक्नेश्वरी नगरपालिका ७ निवासी ३५ वर्षिय राज कुमार साह घाइते भएका छन् ।
उनको माँ धमिनि अस्पताल लहानमा उपचार भईरहेको र ट्याक्टर, मोटरसाइकल प्रहरीको नियन्त्रणमा तथा फरार ट्याक्टर चालकको खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ