News Category 2079/12/22
भैसीपालनमा बृद्वि गर्ने उद्देश्यले भैंसी प्रजनन् सम्बन्धी स्वास्थ शिविर
दैनिक समाचारदाता
राजविराज, २२ चैत ।
भैसीमा देखिने समस्या र भैंसी पालनमा बृद्वि गर्ने उद्देश्यले सप्तरीको रुपनी गाउापालिकामा भैंसी प्रजनन् सम्बन्धी एक दिने स्वास्थ शिबिरको आयोजना गरिएको छ ।
रूपनी गाउपालिका वडा ६ स्थित चौधरीबस्तीमा बुधबार राष्ट्रिय भैंसी अनुसन्धान कार्यक्रम अन्तर्गत यस क्षेत्रको ५० वटा भैसीको स्वास्थ उपचारसँगै आबश्यक औषधी वितरण गरिएको गाउँपालिका अध्यक्ष दिनेश यादवले जानकारी दिए ।
उक्त शिविरमा अधिकांश भैसीमा पोषणको समस्या देखिएको र शरिरमा चाहिने मासु नभएको र खानपानमा उचित सन्तुलन नभएको एनबिआरपीका डा.पंकज झाले जानकारी दिए ।
भैंसी पालकहरूले समयमा औषधी उपचारसँगै आन्तरिक परिजिवी सम्बन्धी औषधी नदिएको पाईएकोले प्रजनन् सम्बन्धी समस्या हुने गरेको राष्ट्रिय भैसी अनुसन्धान कार्यक्रम तरहरा सुनसरीका प्रमुख पवन झाको भनाई छ ।
उनले उचित खानपिन र आबश्यक औषधी नपाउदा दूध उत्पादनमा कमि आउने गरेकोले भैंसी पालनमा आकर्षण बढाउन समुचित ब्यबस्था गर्नुपर्नेमा जोड दिए ।
प्रमुख झा अनुसार सुनसरी, सप्तरीको रूपनीसहित तिरहुतको डिमन, अग्नीसाईर कृष्णासवरण गाउँपालिकाको महुलीमा भैंसी स्वास्थ शिविर संचालन गर्दै आएको बताए ।
यस अघि पहिलो चरणमा भैसीपालकहरूलाई भैसीपालन सम्बन्धी तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरी दोस्रो चरणमा प्रजनन् स्वास्थ शिविरको आयोजना गरेको प्रमुख झा बताउछन ।
सो अवसरमा भैसीहरूको उपचार पश्चात् रूपनी गाउपालिकाका अध्यक्ष यादबले कृषक÷भैसीपालकहरूलाई भैसीका लागि चाहिने आबश्यक औषधी वितरण गरेका थिए ।
आई.एल.आर.आईको सहयोगमा तथा साईकृषी सहकारी संस्था रूपनी १ का अध्यक्ष तेज नारायण यादबको अगुवाईमा संचालित शिविरमा डा. शिवनाथ महतो, डा. पंकज झा, डा लिलाराम पाठक र डा. यनमनी नेपालले भैसिको उपचार गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ