News Category 2079/12/23
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एक महिलासहित दुई घाइते
दैनिक समाचारदाता
राजविराज, २३ चैत ।
सप्तरीको बोदेबर्साइन नगरपालिकामा बिहीबार मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । यस्तै अर्को मोटरसाइकल दुर्घटनामा एक महिला घाइते भएकी छिन् ।
बोदेबर्साइन नगरपालिका २ बैरियास्थित बिषनपुर बोदेबर्साइन सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आँउदै गरेको को.१७प.९४७५ नं.को मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालक वाड नं. ५ निवासी १७ वर्षिय सागर पंडितको मृत्यु भएको हो ।
प्रहरीका अनुसार घाइते पंडितको उपचारको क्रममा जिवन ज्योति अस्पताल बोदेबर्साइनमा मृत्यु भएको छ । यस्तै दुर्घटनामा मोटरसाइकल पछाडी सवार स्थानिय १५ वर्षिय सुमित पंडित घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै बुधबार राजविराज वडा नं. ६ लिलजा टोलमा मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एक महिला घाइते भएकी छिन् । वडा नं. १६ बोरिया निवासी शंकर देवले चलाइरहेको स.४प.४४९० नं. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुदा पछाडी सबार उनकी श्रीमती गौरी देव लडेर घाइते भएक छिन् ।
उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचार पश्चात् थप उपचारका लागि युनिक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ