News Category 2079/12/23
विषादी सेवन गरेका एक युवकको उपचारका क्रममा मृत्यु, अर्का बिरामी
दैनिक समाचारदाता
राजविराज, २३ चैत ।
सप्तरीमा विषादी सेवनका घटना निकै बढ्न थालेको छ । विगत केही दिनदेखी विषादी सेवन गर्नेको संख्या झण्डै दुई दर्जन पुगेको छ ।
यसैक्रममा बुधबार जिल्लाको कंचनरुप नगरपालिका वडा नं. ३ दास टोल निवासी ईन्द्रदेव दासको छोरा २२ वर्षिय श्याम कुमार दासले विषादी सेवन पश्चात् उपचारका क्रममा बिहीबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विषादी सेवनको कारण खुल्ने नसकेको जनाउँदै प्रहरीले धान, गहुँमा हाल्ने अलमुनियम नामक बिषादी सेवन गरेका उनलाई गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा सामान्य उपचार पश्चात थप उपचारका लागि बिराट नर्सिङ होम बिराटनगर लगिएकोमा उपचारकै क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।
यता बिहीबार जिल्लाको विष्णुपुर गाउँपालिका वडा नं. १ स्थित जमुनी बस्ने २७ वर्षिय बिरेन्द्र मुखियाले घरायसी बादबिबादको कारण नाम नखुलेको बिषादी सेबन गरेका छन् । विषादी सेवन गरेका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ