News Category 2079/12/24
आगलागिमा नगदसहित लाखौं मुल्य बराबरको धनमाल जलेर नष्ट
दैनिक समाचारदाता
राजविराज, २४ चैत ।
सप्तरी सदरमुकाम राजविराज, हनुमाननगर कंकालिनी र शम्भुनाथको छुट्टाछुट्ट स्थानमा बिहीबार भएको आगलागिमा नगदसहित लाखौं मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
राजबिराज वडा नं. १५ देउरी भरुवा निवासी धर्मदेव यादवले थ्रेसरबाट गहु दाउने क्रममा अचानक आगलगि हुँदा चार जनाको घर, नगद तथा अन्नपात जलेर नष्ट हुँदा अन्दाजी ११ लाख ३५ हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
सो आगलागिमा धर्मदेव यादवको फुसको घर, स्थानिय नरायण मण्डलको फुसको घर तथा नगद १ लाख २५ हजार, कुशे मण्डलको फुसको घर तथा छेबु मण्डलको फुस घरगरि उक्त मुल्य बराबरको क्षति भएको हो ।
यस्तै बिहीबारै हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १३ गोबरगाडास्थित बिसुनदेब यादवको फुसको घरमा खाना पकाउने क्रममा आगलगी भई हुँदा नगद ६५ हजार, लत्ताकपडा, आखन्न लगायतगरि १ लाख २३ हजार मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यसैगरि बिहीबारै जिल्लाको शम्भुनाथ नगरपालिका वडा नं. ३ नरहिया निवासी चुलाही सरदारको परालको टालमा अचानक आगोलागि हुंदा ४० जहार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
यस्तै बिहीबारै राजविराज नगरपालिका वडा नं. ११ झलही निवासी बालेश्वर यादवको परालको टालमा अचानक आगलागी हुँदा १५ हजार मुल्य बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सम्पूर्ण स्थानमा भएको आगलागिलाई नेपाल प्रहरी, बारुणयन्त्र र स्थानियवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ