News Category 2079/12/24
विभिन्न बिद्यालयमा ५ करोड २३ लाखको भवन निर्माण हुदै

दैनिक समाचारदाता
राजविराज, २४ चैत ।
राजबिराज वडा नं. १ स्थित राजदेबी ठाकोदेवी जोगेन्द्र भगत माध्यमिक बिद्यालयमा ४ कोठे भवनको शुक्रबार शिलान्यास गरेका छन् ।
बिद्यालयको प्रागणमा आयोजित एक कार्यक्रमबीच राजविराज नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परविन र वडा नं. १ अध्यक्ष चन्द्रशेखर चौधरीले संयुक्त रूपमा बिद्यालय भवनको शिलान्यास गरेका हुन् ।
राष्ट्रिय योजना आयोगको कार्यक्रम अन्तर्गत राजबिराज नगरपालिकाको साझेदारीमा संचालित कुल १ करोड १८ लाख बराबरको लागतमा ४ कोठो भवन निर्माण हुन लागेको हो ।
उक्त भवनको निर्माण गर्नका लागि ठेकेदार÷निर्माण ब्यवसाय भगत ग्रुप अफ कन्सट्रक्सन प्रालि काठमाण्डौले जिम्मा पाएको छ । भवन २०८० असार २० गते भित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएको राजबिराज नगरपालिका योजना अधिकृत मनोज यादबले जानकारी दिए ।
राष्ट्रिय योजना आयोग अन्तर्गत राजबिराज नगरपालिकाको वडा १ सहित ४, ९, १३ र १५ बिद्यालय भवन निर्माणका लागि ४ करोड ४४ लाख ८७ हजार दुई सय ३३ रूपैया २४ पैसाको लागतमा बिद्यालय भवन निर्माण हुन लागेको राजबिराज नगरपालिका ईन्जिनियर अशोक दासले बताए ।
तत्कालिन पुर्व भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादव तथा राष्ट्रिय योजना आयोग सदस्य उमाशकर साहको पहलमा राजबिराज नगरपालिकाको विभिन्न बिद्यालयमा भवन निर्माण गर्न योजना स्वीकृत भएर निर्माण कार्य सुरू भएको योजना अधिकृत यादबले जानकारी दिए ।
योजना अन्तर्गत राजदेवी माविमा १ करोड १८ लाखको ४ कोठा भवन, देउरी भरुवा स्कुलमा १ करोड १८ लाखको ४ कोठा भवन, देवकोटा स्कुलमा ७८ लाखको ४ कोठा, ६ केन्द्र स्कुलमा ७८ लाखको ४ कोठा भवन, बिसहरिया माविमा ७८ लाख को ४ कोठा भवन र मलेठ स्कुलमा ४८ लाख को दुइको कोठा भवन निर्माण गरिने योजना अधिकृत यादबले बताए ।
राजबिराज नगरपालिकाको बिद्यालयमा कक्षा कोठा नहुदाँ बिद्यार्थीहरूलाई पठनपाठनमा समस्या हुने गरेकोले भवन निर्माणले ठुलो सहयोग पुगेको राजदेवी माविका प्रधानाध्यापक दिनेश प्रसाद यादबले बताए ।
शिलान्यास कार्यक्रममा वडा सदस्य खेलानन्द यादब, शिवदत्त साह, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष डम्वर नारायण यादब, समाजसेवी भन्नालाल यादब, सुकदेव यादब, इन्जिनियर अशोक दास लगायत संचारकर्मी, अभिभावकहरूको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ