News Category 2079/12/24
माग पुरा गराउन हरवाचरवाहरु पैदलै जनकपुर पुग्दै
दैनिक समाचारदाता
राजविराज, २४ चैत ।
हरवाचरवा प्रथा मुक्ति घोषणा भएको ९ महिना वितिसक्दा पनि सरकार कार्यान्वयन गर्न गम्भिर नदेखिएको भन्दै विभिन्न मागसहित हरवाचरवाहरु शनिबारदेखी पैदलै जनकपुरमा भेला हुने भएका छन् ।
मधेश प्रदेशको आठ वटै जिल्लाका हरवाचरवा दवाव दिन जनकपुरमा भेला हुन लागेका हुन् । शुक्रवार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका महासचिव लागेन्द्र सदाले सो जानकारी गराएका हुन् ।
२०७९ साल साउन २ गते सरकारले हरवाचरवा प्रथाको मुक्तिको घोषणा गरेपनि व्यवहार र कार्यान्वयन पक्ष फितलो भएको भन्दै हरवाचरवा पुनः आन्दोलित भएका हुन् । उनीहरुले मुक्त हरवाचरवाको रोजगारी, सामाजिक समावेशीकरणको सुनिश्चितता, जातीय छुवाछुत गर्नेलाई कडा कार्वाही, भूमिहीनलाई भुमि र हरवाचरवाको बैंक ऋण मिनाहा लगायतका मागहरु अघि सारेका छन् ।
मुक्त हरवाचरवाको न्यायिक पुनः स्थापना हाम्रो सरोकार, भूमि, शिक्षा, स्वास्थ्य, रोजगार र समाजिक सुरक्षा हामंो अधिकार नाराका साथ राजविराज र विरगन्जबाट शनिवार बिहान ९ बजे एकैसाथ पैदल यात्रा शुरु हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
राजविराजबाट शुरु हुने हरवाचरवा अधिकार यात्रामा सप्तरी, सिराहा, महोत्तरी र धनुषाका १ हजार ५ सय हरवाचरवा अगुवा सहभागि हुने राष्ट्रिय दलित नेटवर्कका केन्द्रीय अध्यक्ष गणेश विश्वकर्माले जानकरी दिए ।
यस्तै विरगन्जबाट निस्कने अधिकार यात्रामा पर्साका साथै रौतहट, बारा र सर्लाहीका हरवाचरवाका अगुवाहरुको सहभागिता रहने जनाइएको छ ।
जनकपुरमा भेला भएपछि आमसभा तथा प्रदेश सरकारलाई ज्ञापनपत्र र त्यस पश्चात् समिक्षा बैठक गरी थप दवावका लागि काठमाडौंसम्मको पैदल यात्राको कार्यक्रम तय गरिने योजना रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यात्रा चैत्र २९ गते जनकपुर पुग्ने अनुमानको साथ सोही अनुसारको तयारी गरिएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ