News Category 2079/12/25
मैथिली भाषालाई सरकारी कामकाजको भाषा रूपमा मान्यता दिनुपर्नेमा जोड
राजविराज÷मैथिली साहित्य परिषद सप्तरीले १७ औ साधारण सभा एव मैथिल महिला परिषद तथा ९ औ साधारण सभा भकस्शनिबार राजविराजमा सम्पन्न गरेको छ ।
उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि रेल–वे निगम लि.का महाप्रबन्धक निरन्जन झाले मैथिली भाषालाई छायामा पारेर मथेशी भाषा भनेर भन्नु दुखद रहेको भन्दै मैथिली भाषाको बिकास र संरक्षण गर्न सशक्त भएर अगाडी बढनुपर्नेमा जोड दिएका छन् ।
सो अवसरमा पूर्वप्राचार्य तथा मैथिली महिला परिषदका संस्थापक अध्यक्ष मिना ठाकुरले मैथिली साहित्यिकको उत्थान र बिकाससँगै भाषिक अभियानलाई मजबुत बनाउनु पर्ने बताइन् । उनले मैथिली भाषलाई नेपाली भाषपछि संबैधानिक मान्यता दिनुपर्नेमा जोड दिइन् । सरकारी कामकाज भाषाको रूपमा मैथिलीलाई मान्यता दिनका लागि सबै एकजुट हुनुपर्ने बताइन् ।
कार्यक्रममा अन्तराष्ट्रिय मैथिली परिषदका उपाध्यक्ष करूणा झाले मैथिल भाषामाथि हुने प्रहारलाई तोड्न सबै एकजुट हुनुपर्नेमा जोड दिईन ।
मैथिली साहित्य परिषदका अध्यक्ष सतिश दत्तको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा भाषाबिज्ञ डा. सुर्या यादब, पुर्व अध्यक्षहरु देवेन्द्र मिश्र, बिष्णु मण्डल, बिवेकानन्द मिश्र, अशोक झा, उपाध्यक्ष श्यामसुन्दर यादब, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य ललिता साह, पत्रकार अबधेश झाले मैथिली भाषाको बिकास र उत्थानका लागि तथा भाषिक अभियानमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
उक्त अवसरमा मैथिली साहित्य परिषद सप्तरीका आजिवन सदस्य तथा मैथिली भाषा अभियानी, संचारकर्मीहरूको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन सचिव अजय झाले गरेका थिए । शनिबारै बन्द सत्रका कार्यक्रम हुने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ