News Category 2079/12/25
मैथिली भाषालाई सरकारी कामकाजको भाषा रूपमा मान्यता दिनुपर्नेमा जोड
राजविराज÷मैथिली साहित्य परिषद सप्तरीले १७ औ साधारण सभा एव मैथिल महिला परिषद तथा ९ औ साधारण सभा भकस्शनिबार राजविराजमा सम्पन्न गरेको छ ।
उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि रेल–वे निगम लि.का महाप्रबन्धक निरन्जन झाले मैथिली भाषालाई छायामा पारेर मथेशी भाषा भनेर भन्नु दुखद रहेको भन्दै मैथिली भाषाको बिकास र संरक्षण गर्न सशक्त भएर अगाडी बढनुपर्नेमा जोड दिएका छन् ।
सो अवसरमा पूर्वप्राचार्य तथा मैथिली महिला परिषदका संस्थापक अध्यक्ष मिना ठाकुरले मैथिली साहित्यिकको उत्थान र बिकाससँगै भाषिक अभियानलाई मजबुत बनाउनु पर्ने बताइन् । उनले मैथिली भाषलाई नेपाली भाषपछि संबैधानिक मान्यता दिनुपर्नेमा जोड दिइन् । सरकारी कामकाज भाषाको रूपमा मैथिलीलाई मान्यता दिनका लागि सबै एकजुट हुनुपर्ने बताइन् ।
कार्यक्रममा अन्तराष्ट्रिय मैथिली परिषदका उपाध्यक्ष करूणा झाले मैथिल भाषामाथि हुने प्रहारलाई तोड्न सबै एकजुट हुनुपर्नेमा जोड दिईन ।
मैथिली साहित्य परिषदका अध्यक्ष सतिश दत्तको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा भाषाबिज्ञ डा. सुर्या यादब, पुर्व अध्यक्षहरु देवेन्द्र मिश्र, बिष्णु मण्डल, बिवेकानन्द मिश्र, अशोक झा, उपाध्यक्ष श्यामसुन्दर यादब, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य ललिता साह, पत्रकार अबधेश झाले मैथिली भाषाको बिकास र उत्थानका लागि तथा भाषिक अभियानमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
उक्त अवसरमा मैथिली साहित्य परिषद सप्तरीका आजिवन सदस्य तथा मैथिली भाषा अभियानी, संचारकर्मीहरूको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन सचिव अजय झाले गरेका थिए । शनिबारै बन्द सत्रका कार्यक्रम हुने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ