News Category 2079/12/26
आगलागिबाट मिल जलेर नष्ट, १२ लाखको क्षति

दैनिक समाचारदाता
राजविराज, २६ चैत ।
सप्तरीको कंचनरुप नगरपालिका ७ स्थित एक धान र गहुँ कुटनपिसन मिलमा आइतबार बिहान आगलागि हुँदा मिल जलेर नष्ट भएको छ ।
विद्यतु सर्ट भएर आइतबार एकाबिहान आगलागि हुँदा स्थानीय विश्वनाथ न्यौपानेद्वारा संचालित सो मिलमा रहेको सम्पूर्ण सामानसहित १२ लाख मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।
मिल भएको घरका साथै खाद्यान्न कुट्ने पिसने मेशिन तीन थान, मोटरसाइकल एक थान, पानी तान्ने मोटर २ थान तथा ५ क्विन्टल धान र एक क्विन्टल गहुँ लगायतका सामाग्रि र खाद्यान्न पूर्ण रुपमा जलेर नष्ट भएको डिएसपी सिंहले जानकारी दिए ।
आगो कंचनरुप नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाको बारुणयन्त्र तथा स्थानियवासी र प्रहरीको सहायताले २ घण्टाको प्रयासपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ