News Category 2079/12/26
ससुराको हत्या आरोपमा ज्वाई कारागार चलान
दैनिक समाचारदाता
राजविराज, २६ चैत ।
सप्तरीको बोदेबरसाइन नगरपालिका ६ निवासी २३ वर्षिय रामचन्द्र महतोले घरायसी विवादमा सोही नगरपालिका ६ निवासी उनका ५५ वर्षिय ससुरा छठु महतोलाई कुटपिट गर्दा घटनाको १४ दिनपछि उनको शनिबार राती मृत्यु भएको छ ।
प्रहरीका अनुसार ज्वाई रामचन्द्र र ससुरा छठुबीच गत चैत्र ११ गते घरायसी विवादमा झै–झगडा र कुटपिट भएको थियो । सो क्रममा छठुको नाक, मुख, टाउको र शरीरको विभिन्न भागमा गहिरो चोट लागेको थियो । स्थानिय जीवनज्योती अस्पतालमा प्रारम्भिक उपचारपछि भोली पल्ट उनलाई थपउपचारका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
स्वास्थ्य अवस्थामा केही सुधार देखिएपछि चिकित्सकको सल्लाहमा उनलाई चैत १८ गते घर ल्याइएको थियो । सोही दिनदेखी नियमित औषधी खुवाउन थालेको र अचानक शनिबार राती उनको मृत्यु भएकाmेस् जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।
ज्वाई रामचन्द्रले सुरुमा ससुरा छठुले नै हातपात गरेको र आफूले प्रतिकार गर्दा उनलाई चोटपटक लाग्न पुगेको बताउँदै आएका छन् । मृतककी पत्नी मायावत्तिको जाहेरीले प्रहरीले रामचन्द्रमाथी ज्यान मार्ने उद्योग कसुरमा मुद्दा चलाएको डिएसपी सिंहले बताए ।
रामचन्द्रलाई पक्राउ गरि सप्तरी जिल्ला अदालतमा उपस्थित गराउँदा ५० हजार धरौटी माग भई आदेश भएकोमा धरौटी तिर्न नसक्दा आइतबार राजविराज कारागार चलान गरि घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ