News Category 2079/12/26
धार्मिक यात्रा सहज बनाउन माग गर्दै गृहमन्त्रीलाई ज्ञापन
दैनिक समाचारदाता
राजविराज, २६ चैत ।
विश्व हिन्दु परिषद् नेपाल सप्तरीले हनुमान जयन्तिका क्रममा निकालिएको शोभायात्रालाई विभिन्न बहाना देखाई जनकपुरको जानकी मन्दिर पथ प्रवेशमा रोक लगाइएको भन्दै तिब्र असन्तुष्टिसहित गृहमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।
परिषद्का जिल्ला अध्यक्ष रामकिशुन साहको अगुवाईमा आइतबार प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापामार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।
मुश्लिम धर्मावलम्बीहरुले मोहरम पर्वमा घरेलु हातहतियारसहित बिभिन्न मठ, मन्दिर भएको बाटो प्रयोग गर्न पाउने तर हिन्दु धर्मावलम्बीहरुलाई रोक लगाउनु आश्चर्यको विषय भएको उल्लेख गर्दै विज्ञप्तिमा यसतर्फ बेलैमा ध्यान दिन र भविष्यमा यस्ता प्रतिबन्ध लगाउने काम नहुने गरि सम्बन्धीत प्रशासनलाई निर्देशन दिन माग गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय तथा मधेशी आयोगलाई समेत बोदार्थ दिइएको ज्ञापनपत्रमा गत चैत २३ गते हनुमान जन्मोत्सवको अवसर पारेर परिषद् तथा विभिन्न हिन्दुवादी धार्मिक संगठनद्वारा जनकपुरमा आयोजना गरिएको शोभायात्रा जानकी मन्दिर परिक्रमा पथमा पुग्न खोज्दा स्थानिय प्रशासनले प्रवेशमा रोक लगाएर सनातन हिन्दु धर्म र सोप्रति आस्था राख्ने हजारौं हिन्दुहरुको भावनामाथी कुठाराघात गरेको ज्ञापनपत्रमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ