News Category 2079/12/26
सप्तरीमा बढ्दो आत्महत्याका घटना, घरायसी विवादका कारण दुई महिला र एक नाबालकद्वारा आत्महत्या प्रयास
“आत्महत्याको प्रयास गर्नेहरुमा १२ वर्षिय किशोरकिशोरीदेखी ८० तथा ७५ वर्षिय बृद्धबृद्धासम्म छन् ।”
दैनिक समाचारदाता
राजविराज, २६ चैत ।
विषादी सेवन गर्नेको संख्या सप्तरी जिल्लामा विगत दुई महिनादेखी निकै बढ्दै गएको छ । विभिन्न घरायसी विवाद, झगडा, श्रीमान श्रीमतीबीच विवाद लगायतका कारण विषादी सेवन तथा झुण्डिएर आत्महत्या गर्नेको संख्या बढ्दै गएको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्कले देखाएको छ ।
विगत दुई साता यता जिल्लामा विषादी सेवन र झुण्डिएर तीन महिला र एक पुरुषले आत्महत्या गरेका छन् । यस्तै आत्महत्याको प्रयास गर्नेको संख्या ८ पुगेको छ । आत्महत्याको प्रयास गर्नेहरुमा १२ वर्षिय किशोरकिशोरीदेखी ८० तथा ७५ वर्षिय बृद्धबृद्धासम्म छन् ।
योसँगै जिल्लामा २ महिनाको अबधिमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या २० पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै चालु आर्थिक वर्ष २०७९÷०८० को हाल सम्मको अवधीमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या ७९ पुगेको छ भने गत आर्थिक वर्ष २०७८÷०७९ मा १ सय ३६ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाएको छ ।
यसैबीच आइतबार बिहान जिल्लाको अग्निसाईर कृष्णसावरण गाउँपालिका ४ प्रसवनि नयाँ टोल बस्ने छुतहरु मरिककी ३० वर्षिया श्रीमति कंचन मरिकले पनि विषादी सेवन गरेकी छिन् ।
प्रहरीका अनुसार घरायसी बिषयमा श्रीमान श्रीमति बीच भएको बादविबादपछि केसाईक्रिन नामक विषादी सेवन गरी उनी बिरामी परेकी छिन् । उनको स्थानिय अहिर अस्पताल जन्डोलमा उपचार भईरहेको छ ।
यस्तै आइतबारै बिहान जिल्लाको राजगढ गाउँपालिका ६ कनकट्टा बस्ने आभाष मियाँका छोरा १५ वर्षिय छोरा मो.अमिरले घरायसी बादविवादको कारण तरकारी बालीमा छर्ने सुपर किलर नामक बिषादी सेवन गरेका छन् ।
उनको गजेन्द्र नारायण सिहं अस्पताल राजबिराजमा उपचार तथा घटना बारे थप अनुसन्धान कार्यभइरहेको प्रहरीले जनाएको छ ।
यसअघि जिल्लाको महादेवा गाउँपालिका ४ बलिया टोल निवासी अरबिन्द गिरीकी २२ वर्षिया श्रीमती राखि गिरीले शनिबार विषादी सेवन गरेकी छिन् ।
नाम नखुलेको बिषादी सेवन गरेकी उनको गजेन्द्र नारायणसिंह अस्पताल राजबिराजमा उपचार भईरहेको तथा घटना बारे थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ