News Category 2079/12/26
सप्तरीमा बढ्दो आत्महत्याका घटना, घरायसी विवादका कारण दुई महिला र एक नाबालकद्वारा आत्महत्या प्रयास
“आत्महत्याको प्रयास गर्नेहरुमा १२ वर्षिय किशोरकिशोरीदेखी ८० तथा ७५ वर्षिय बृद्धबृद्धासम्म छन् ।”
दैनिक समाचारदाता
राजविराज, २६ चैत ।
विषादी सेवन गर्नेको संख्या सप्तरी जिल्लामा विगत दुई महिनादेखी निकै बढ्दै गएको छ । विभिन्न घरायसी विवाद, झगडा, श्रीमान श्रीमतीबीच विवाद लगायतका कारण विषादी सेवन तथा झुण्डिएर आत्महत्या गर्नेको संख्या बढ्दै गएको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्कले देखाएको छ ।
विगत दुई साता यता जिल्लामा विषादी सेवन र झुण्डिएर तीन महिला र एक पुरुषले आत्महत्या गरेका छन् । यस्तै आत्महत्याको प्रयास गर्नेको संख्या ८ पुगेको छ । आत्महत्याको प्रयास गर्नेहरुमा १२ वर्षिय किशोरकिशोरीदेखी ८० तथा ७५ वर्षिय बृद्धबृद्धासम्म छन् ।
योसँगै जिल्लामा २ महिनाको अबधिमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या २० पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै चालु आर्थिक वर्ष २०७९÷०८० को हाल सम्मको अवधीमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या ७९ पुगेको छ भने गत आर्थिक वर्ष २०७८÷०७९ मा १ सय ३६ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाएको छ ।
यसैबीच आइतबार बिहान जिल्लाको अग्निसाईर कृष्णसावरण गाउँपालिका ४ प्रसवनि नयाँ टोल बस्ने छुतहरु मरिककी ३० वर्षिया श्रीमति कंचन मरिकले पनि विषादी सेवन गरेकी छिन् ।
प्रहरीका अनुसार घरायसी बिषयमा श्रीमान श्रीमति बीच भएको बादविबादपछि केसाईक्रिन नामक विषादी सेवन गरी उनी बिरामी परेकी छिन् । उनको स्थानिय अहिर अस्पताल जन्डोलमा उपचार भईरहेको छ ।
यस्तै आइतबारै बिहान जिल्लाको राजगढ गाउँपालिका ६ कनकट्टा बस्ने आभाष मियाँका छोरा १५ वर्षिय छोरा मो.अमिरले घरायसी बादविवादको कारण तरकारी बालीमा छर्ने सुपर किलर नामक बिषादी सेवन गरेका छन् ।
उनको गजेन्द्र नारायण सिहं अस्पताल राजबिराजमा उपचार तथा घटना बारे थप अनुसन्धान कार्यभइरहेको प्रहरीले जनाएको छ ।
यसअघि जिल्लाको महादेवा गाउँपालिका ४ बलिया टोल निवासी अरबिन्द गिरीकी २२ वर्षिया श्रीमती राखि गिरीले शनिबार विषादी सेवन गरेकी छिन् ।
नाम नखुलेको बिषादी सेवन गरेकी उनको गजेन्द्र नारायणसिंह अस्पताल राजबिराजमा उपचार भईरहेको तथा घटना बारे थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ