News Category 2079/12/27
मोटरसाइकल दुर्घटनामा दुई महिला, एक बालकसहित चार घाइते
दैनिक समाचारदाता
राजविराज, २७ चैत ।
सप्तरीमा भएको छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई महिला, एक बालकसहित चार जना घाइते भएका छन् ।
जिल्लाको सुरुङगा नगरपालिका ५ कुशाह जैनिस अस्पतालस्थित पुर्वपश्चि राजमार्गमा आइतबार मोटरसाइकलले स्कुटीलाई ठक्कर दिदा स्कुटी चालक महिला र उनको ८ वर्षिय छोरा घाइते भएका छन् ।
पश्चिमबाट पुर्वतर्फ आउदै गरेको प्र.३–०२–००८प.५६१६ नं. को मोटरसाइकलले सोहि दिशातर्फ जाँदै गरेको प्र.२–०१–००१ प.८९६१ न. को स्कुटिलाई ठक्कर दिँदा स्कुटि चालक २६ वर्षिया पुष्पा चौधरी र पछाडि सवार ८ वर्षिय छोरा हारसय चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते दुबैको सप्तऋषि अस्पताल लाहानमा उपचार भइरहेको तथा मोटरसाइकल चालक सोही नगररपालिका ७ पोखरिया निवासी १८ वर्षिय सन्तोष साहलाई नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै आइतबारै हनुमाननगर कंकालिनी नगरपालिका १४ रामपुर मल्हनियामा स.९प.८५७ नं.को मोटरसाइकलले ३३ वर्षिया रामकुमारी मुखियालाई ठक्कर दिएको छ । सो ठक्करबाट उनको टाउको र ढाडमा चोट लागेकोले छिनमस्ता अस्पताल राजविराजमा उपचार भइरहेको छ ।
प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिई फरार रहेका चालक छिन्नमस्ता ४ लालापट्टि निवासी १५ वर्षिय शंकर यादवको खोजतलास गरिरहेको जनाएको छ ।
यसैगरि आइतबारै शम्भुनाथ १२ मा को.३५प.२४९८ नं. को मोटरसाइकल आफै अनियन्त्रित भएर पल्टिदा चालक २४ वर्षिय श्याम सरदार घाइते भएका छन् । उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचार भइरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ