News Category 2079/12/27
मोटरसाइकल दुर्घटनामा दुई महिला, एक बालकसहित चार घाइते
दैनिक समाचारदाता
राजविराज, २७ चैत ।
सप्तरीमा भएको छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई महिला, एक बालकसहित चार जना घाइते भएका छन् ।
जिल्लाको सुरुङगा नगरपालिका ५ कुशाह जैनिस अस्पतालस्थित पुर्वपश्चि राजमार्गमा आइतबार मोटरसाइकलले स्कुटीलाई ठक्कर दिदा स्कुटी चालक महिला र उनको ८ वर्षिय छोरा घाइते भएका छन् ।
पश्चिमबाट पुर्वतर्फ आउदै गरेको प्र.३–०२–००८प.५६१६ नं. को मोटरसाइकलले सोहि दिशातर्फ जाँदै गरेको प्र.२–०१–००१ प.८९६१ न. को स्कुटिलाई ठक्कर दिँदा स्कुटि चालक २६ वर्षिया पुष्पा चौधरी र पछाडि सवार ८ वर्षिय छोरा हारसय चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते दुबैको सप्तऋषि अस्पताल लाहानमा उपचार भइरहेको तथा मोटरसाइकल चालक सोही नगररपालिका ७ पोखरिया निवासी १८ वर्षिय सन्तोष साहलाई नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै आइतबारै हनुमाननगर कंकालिनी नगरपालिका १४ रामपुर मल्हनियामा स.९प.८५७ नं.को मोटरसाइकलले ३३ वर्षिया रामकुमारी मुखियालाई ठक्कर दिएको छ । सो ठक्करबाट उनको टाउको र ढाडमा चोट लागेकोले छिनमस्ता अस्पताल राजविराजमा उपचार भइरहेको छ ।
प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिई फरार रहेका चालक छिन्नमस्ता ४ लालापट्टि निवासी १५ वर्षिय शंकर यादवको खोजतलास गरिरहेको जनाएको छ ।
यसैगरि आइतबारै शम्भुनाथ १२ मा को.३५प.२४९८ नं. को मोटरसाइकल आफै अनियन्त्रित भएर पल्टिदा चालक २४ वर्षिय श्याम सरदार घाइते भएका छन् । उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचार भइरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ