News Category 2079/12/27
२७ दिनमा ३५ जनाले गरे आत्महत्याका प्रयास, ६ जनाले गुमाए ज्यान, एकै दिन थप दुई युवाले गरे आत्महत्या
चैतको १ देखी २७ गतेसम्म
— झुण्डिएर तथा विष सेवन गरेर मृत्यु हुनेको संख्या ः ६
— विष सेवन र झुण्डिएर आत्महत्याको प्रयास गर्नेको संख्या ः ३५
— घाइतेको संख्या ः २९
नवीनकुमार गुप्ता
राजविराज, २७ चैत ।
सप्तरीमा आत्महत्याका घटनाले भयावह रुप लिइरहेको छ । दिनहुँ जसो एकपछि अर्को आत्महत्याका घटना सार्वजनिक भइरहेको बेला सोमबार जिल्लामा थप दुई यूवकले झुण्डिएर आत्महत्या गरेका छन् ।
योसँगै पछिल्लो २७ दिनको अवधीमा झुण्डिएर तथा विष सेवन गरेर मृत्यु हुनेको संख्या ६ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश कुमार सिंहका अनुसार यस अवधीमा विष सेवन र झुण्डिएर आत्महत्याको प्रयास गर्नेको संख्या ३५ रहेको छ । जसमध्ये ६ जनाको मृत्यु तथा २९ जना घाइते भई उपचारका क्रममा रहेका छन् । आत्महत्याको प्रयास गर्नेहरुमा १२ वर्षिय किशोरकिशोरीदेखी ८० तथा ७५ वर्षिय बृद्धबृद्धासम्म रहेको प्रहरीको तथ्याङ्कले देखाउँछ ।
जिल्लामा गत आर्थिक वर्ष २०७८÷७९ मा झुण्डिएर, विष सेवन गरेर र आगो लगाएर १ सय ३६ जनाले ज्यान गुमाएका थिए भने २०७९÷८० को हालसम्मको अवधीमा विष सेवन र झुण्डिएर ८१ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
विभिन्न घरायसी विवाद, झगडा, श्रीमान श्रीमतीबीच विवाद लगायतका कारण विषादी सेवन तथा झुण्डिएर आत्महत्या गर्नेको संख्या बढ्दै गएकोप्रति जिल्लाका सरोकारवाला निकाय समेत चिन्तित बनेका छन् ।
यता प्रहरीले यस्ता घटनाहरु प्रति गम्भिर हुँदै जिल्लाको सम्पूर्ण पालिका तथा विद्यालयहरुमा सचेतनामूलक कार्यक्रम संचालन समेत गर्दै आइरहेको छ तर, पनि यी घटनाहरुमा कमी आउनुका साटो झनै बृद्धि हुँदै गएकोमा चिन्तित देखिन्छन् ।
प्रहरीका अनुसार सोमबार राजविराज नगरपालिका ११ झल्ही टोल बस्ने दिनेश मंडलका १७ वर्षिय छोरा राजु मंडलले आफ्नै सुत्ने कोठामा सिलिङ फ्यानको फलामको हुकमा गम्छाको पासो लगाई आत्महत्या गरेका छन् । राजुको शव झुण्डिएको अवस्थामा भेटेपछी परिवारजनले प्रहरीलाई खबर गरेका थिए ।
शवलाई पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल पु¥याई घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै सोमबारै बिहान ८ बजेतिर महादेवा गाउँपालिका ४ बलिया टोल निवासी रामभरोस यादवका २१ वर्षिय छोरा अशोक यादवले झुण्डिएर आत्महत्या गरेका छन् । आफ्नै कोठामा बाँसको बलोमा प्लाष्टिकको डोरीको पासो लगाई उनले आत्महत्या गरेको पाइएको डिएसपी सिंहले जानकारी दिए ।
छोरा झुण्डिएको र छटपटाई रहेको अवस्थामा देखेर उनको आमा चिच्याएपछि जम्मा भएका परिवारजनले उनलाई तत्कालै डोरी (पासो) काटेर भुईमा राखेपनि उनको मृत्यु भइसकेको पाइएको डिएसपी सिंहले बताए ।
आत्महत्याको कारण खुल्न नसकेको तथा शव पोष्टमार्टमका लागि स्थानिय गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पु¥याई घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ