News Category 2079/12/27
२७ दिनमा ३५ जनाले गरे आत्महत्याका प्रयास, ६ जनाले गुमाए ज्यान, एकै दिन थप दुई युवाले गरे आत्महत्या
चैतको १ देखी २७ गतेसम्म
— झुण्डिएर तथा विष सेवन गरेर मृत्यु हुनेको संख्या ः ६
— विष सेवन र झुण्डिएर आत्महत्याको प्रयास गर्नेको संख्या ः ३५
— घाइतेको संख्या ः २९
नवीनकुमार गुप्ता
राजविराज, २७ चैत ।
सप्तरीमा आत्महत्याका घटनाले भयावह रुप लिइरहेको छ । दिनहुँ जसो एकपछि अर्को आत्महत्याका घटना सार्वजनिक भइरहेको बेला सोमबार जिल्लामा थप दुई यूवकले झुण्डिएर आत्महत्या गरेका छन् ।
योसँगै पछिल्लो २७ दिनको अवधीमा झुण्डिएर तथा विष सेवन गरेर मृत्यु हुनेको संख्या ६ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश कुमार सिंहका अनुसार यस अवधीमा विष सेवन र झुण्डिएर आत्महत्याको प्रयास गर्नेको संख्या ३५ रहेको छ । जसमध्ये ६ जनाको मृत्यु तथा २९ जना घाइते भई उपचारका क्रममा रहेका छन् । आत्महत्याको प्रयास गर्नेहरुमा १२ वर्षिय किशोरकिशोरीदेखी ८० तथा ७५ वर्षिय बृद्धबृद्धासम्म रहेको प्रहरीको तथ्याङ्कले देखाउँछ ।
जिल्लामा गत आर्थिक वर्ष २०७८÷७९ मा झुण्डिएर, विष सेवन गरेर र आगो लगाएर १ सय ३६ जनाले ज्यान गुमाएका थिए भने २०७९÷८० को हालसम्मको अवधीमा विष सेवन र झुण्डिएर ८१ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
विभिन्न घरायसी विवाद, झगडा, श्रीमान श्रीमतीबीच विवाद लगायतका कारण विषादी सेवन तथा झुण्डिएर आत्महत्या गर्नेको संख्या बढ्दै गएकोप्रति जिल्लाका सरोकारवाला निकाय समेत चिन्तित बनेका छन् ।
यता प्रहरीले यस्ता घटनाहरु प्रति गम्भिर हुँदै जिल्लाको सम्पूर्ण पालिका तथा विद्यालयहरुमा सचेतनामूलक कार्यक्रम संचालन समेत गर्दै आइरहेको छ तर, पनि यी घटनाहरुमा कमी आउनुका साटो झनै बृद्धि हुँदै गएकोमा चिन्तित देखिन्छन् ।
प्रहरीका अनुसार सोमबार राजविराज नगरपालिका ११ झल्ही टोल बस्ने दिनेश मंडलका १७ वर्षिय छोरा राजु मंडलले आफ्नै सुत्ने कोठामा सिलिङ फ्यानको फलामको हुकमा गम्छाको पासो लगाई आत्महत्या गरेका छन् । राजुको शव झुण्डिएको अवस्थामा भेटेपछी परिवारजनले प्रहरीलाई खबर गरेका थिए ।
शवलाई पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल पु¥याई घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै सोमबारै बिहान ८ बजेतिर महादेवा गाउँपालिका ४ बलिया टोल निवासी रामभरोस यादवका २१ वर्षिय छोरा अशोक यादवले झुण्डिएर आत्महत्या गरेका छन् । आफ्नै कोठामा बाँसको बलोमा प्लाष्टिकको डोरीको पासो लगाई उनले आत्महत्या गरेको पाइएको डिएसपी सिंहले जानकारी दिए ।
छोरा झुण्डिएको र छटपटाई रहेको अवस्थामा देखेर उनको आमा चिच्याएपछि जम्मा भएका परिवारजनले उनलाई तत्कालै डोरी (पासो) काटेर भुईमा राखेपनि उनको मृत्यु भइसकेको पाइएको डिएसपी सिंहले बताए ।
आत्महत्याको कारण खुल्न नसकेको तथा शव पोष्टमार्टमका लागि स्थानिय गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पु¥याई घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ