News Category 2079/12/28
विभिन्न मुद्दामा फरार २३ अभियुक्त एकै दिन पक्राउ
दैनिक समाचारदाता
राजविराज, २८ चैत ।
सप्तरी प्रहरीले अदालतबाट कैद सजाय र जरिवाना तोकिएका विभिन्न अपराधका २३ जना फरार अभियक्तलाई एकै दिन पक्राउ गरेको छ ।
उनीहरुलाई गोप्य सूचनाको आधारमा जिल्ला र सम्बन्धीत इलाकाबाट खटेको प्रहरी टोलीले गाउँघरमै लुकिबसेको अवस्थामा सोमबार दिउँसो पक्राउ गरिएको प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिएका छन् ।
पक्राउ पर्नेमा कुटपिट अंगभंग मुद्दाका सर्वाधिक ७ जना छन् । यस्तै जालसाजि र लुटपाटका चार÷चार, लागुऔषध र मुद्दाको शिर्षक नखुलेका तीन÷तीन, बोक्सी र कुटपिट लुटपाटका एक÷एक जना छन् ।
पक्राउ परेकाहरुबाट १७ लाख ३ हजार ८९ रुँपैया जरिवाना तथा २ वर्ष कैद असुल गरिने प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई मंगलबार सप्तरी जिल्ला अदालतमा उपस्थित गराउँदा कैद सजाय तोकिएकाहरुलाई राजविराज कारागार चलान गरिएको तथा जरिवाना गरिएका हकमा असुली प्रक्रिया अघि बढाइएको प्रहरी उपरिक्षक कार्कीले बताए ।
विभिन्न अपराधमा संलग्न उनीहरुमाथी मुद्दा चलाउँदा अदालतले कैद सजाय र जरिवाना लगायतका फैसला सुनाएपछि फरार भएको प्रहरीको भनाई छ । फरार अभियुक्तहरुको संख्या सूची बढेपछि प्रहरीले खोजिकार्यलाई तिब्र बनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ