News Category 2079/12/28
आगलागिमा दुई जना घाइते, ६ घर जल्दा २४ लाख मुल्य बराबरको क्षति
दैनिक समाचारदाता
राजविराज, २८ चैत ।
सप्तरीको कंचनरुप नगरपालिका, रुपनी गाउँपालिका र महादेवा गाउँपालिकामा आगलागि दुई जना घाइते भएका छन् भने आगलागिमा ६ घर गरि २४ लाख मुल्य बराबरको क्षति भएको छ ।
मंगलबार बिहान कंचनरुप नगरपालिका १ बैरवामा आगलागि हुँदा दुई जना घाइते भएका छन् भने तीन घर समेत जलेर ९ लाख मुल्य बराबरको क्षति भएको छ ।
स्थानिय बिनय खंगको भान्सा कोठाबाट खाना पकाउने क्रममा सल्केको आगो फैलिएर उनका साथै छिमेकी रामेश्वर खंग र धुरेन्द्र खंगको घर पनि नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।
अचानक भएको आगलागि निभाउने क्रममा ५२ वर्षिय बिनय खंग र ३५ वर्षिय गजिन्द्र सदा घाइते भएका छन् । जलेर गम्भिर घाइते भएका बिनय खंगलाई उपचारका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको छ भने गजिन्द्रको स्थानिय धर्मेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार फुस र टाटीको बेराले बनेको घर, लत्ताकपडा, भाडाकुडा र खाद्यान्न सबै जलेर बिनयको ५ लाख, रामेश्वरको २ लाख ५० तथा धुरेन्द्रको १ लाख ५० हजार गरि ९ लाख मुल्य बराबरको सम्पत्ति नष्ट भएको छ ।
यता सोमबार राती जिल्लाको रुपनी गाउँपालिकामा आगलागि हुँदा दुई घर जलेर नष्ट भई १० लाख बराबरको क्षति भएको छ ।
वडा नं. २ स्थित रामनारायण साहको घरमा बिद्युत सर्ट भई आगलागि हुँदा उनका भाई शिवनारायण साहको समेत घर जलेर नष्ट भई सो परिमाणको क्षति भएको डिएसपी सिंहले जानकारी दिए ।
आगलागिमा तीन वटा पशु चौपायासमेत जलेर मरेको उनले बताए । दुबै ठाउँको आगलागि नियन्त्रणका लागि शम्भुनाथ नगरपालिका, कंचनरुप नगरपालिका र मधेश प्रदेश प्रहरी तालिम केन्द्रको बारुणयन्त्र तथा प्रहरी र स्थानियवासीको मद्दतले दुई घण्टाको प्रयासपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै सोमबारै महादेबा २ बस्ने जय कुमात पैकराको घरमा विद्युत सर्ट भई आगलागि हुँदा टाटी र जस्ताले छाएको ३ तल्ले फुसको घर पुर्ण रुपमा जल्दा ४ लाख ५० हजार मुल्य बराबरको क्षति भएको छ । सो आगलागिमा छिमेकी सुरेश इसरको घरको घरमा क्षति हुँदा ५० हजार मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै सोही दिन जिल्लाको शम्भुनाथ नगरपालिकास्थित सव डिभिजन वनकार्यालयको प्राङगणमा राखिएको पुरानो काठहरुमा अचानक आगलागि भएको छ । सो आगलागिमा १५ वटा गुलिया काठ जलेर नष्ट हुँदा एक लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ