News Category 2079/12/30
गहुँ दाउने तथा बारी सफा गर्ने क्रममा भएको आगलागिमा लाखौंको क्षति
दैनिक समाचारदाता
राजविराज ३० चैत ।
सप्तरीको कंचनरुप नगरपालिका ८ गोवास टोलमा बिहीबार सुधम्बर कुसियैतको घरको अगाडी थ्रेसरबाट गहु दाउने गर्ने क्रममा आगलागि भएको छ । आगलागिबाट गाई गोठ, गहुको परालमा र घरमा समेतगरि ५ लाख ५० हजार मुल्य बराबरको क्षति भएको छ ।
आगोलाई कंचनरुप नगरपालिका, हनुमाननगर कंकालिनि नगरपालिका, राजबिराज नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानिय बासीहरुको सहयोगमा नियन्त्रणमा लिइएको जिलला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै बारी सफा गर्ने क्रममा आगो लगाउँदा सो आगो सल्केर अर्कोको बारीमा समेत आगलागि भई ३ लाख भन्दा बढीको क्षति भएको छ ।
सप्तरीको शम्भुनाथ नगरपालिका १२ अर्नाहा टोल बस्ने जिज्ञानन्द साहले आफ्नो बारीको घास सफा गर्न लगाएको आगो फैलिएर छिमेकी चन्द्रनारायण चौधरीको बगैचासमेत जलेर नष्ट भई ३ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
बुधबार साँझ भएको सो आगलागिबाट चौधरीको बगैचामा लगाइएको आँपको २४, सफेतीको २ सय ५० र महगनीको ७० वटा बोट नष्ट भई सो परिमाणको क्षति भएको डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ