News Category 2079/12/30
तिलाठी र छिन्नमस्तामा लाखौंको चोरी
दैनिक समाचारदाता
राजविराज ३० चैत ।
सप्तरीको विभिन्न ग्रामिण भेगमा अहिले चोरीका घटनाहरु बढ्दै गएको छ । बुधबार मध्यराती तिलाठी कोइलाडी गाउँपालिका ७ बभनगामा टोलमा चोरी भएको छ ।
स्थानिय सूर्य नारायण यादवको घरमा कोही नभएको बेला चोरी भएको हो । काम विशेषले स–परिवार घरबाहिर गएको तथा बिहीबार बिहान ४ बजेतिर फर्केर आउँदा मात्र चोरी भएको यादव परिवारले थाहा पाएका थिए ।
चोरले उनको घरको मूल गेटको ढोका र त्यसपछि बाकस फोडेर तीन तोलाको सुनको गरगहना, १४ तोला चाँदीको गरगहना तथा नगद १४ हजार रुँपैया चोरेर लगेका छन् ।
चोरले उक्त समपत्ति राखिएको बाकसबाट बहुमुल्य सरसमान झिकेर बाकसलाई घर नजिकै फालेर फरार भएको स्थानियवासीले बताएका छन् ।
यसअघि मंगलबार मध्यराती जिल्लाकै छिन्नमस्ता गाउँपालिकामा दुई वटा घरमा चोरी भएको छ । वडा नं. १ बरही विरपुरस्थित संजयकुमार यादव र जितेन्द्र कुमार यादवको घरमा राती २ बजेतिर एकै प्रकृतीको चोरी भएको हो ।
उनीहरुको घरबाट १ लाख ६० हजार नगद, सुनचाँदीका गरगहना तथा अन्य सरसामान गरि २ लाख ३१ हजार बराबरको चोरी भएको प्रहरीले जनाएको छ । बडो चलाखीपूर्ण तरिकाले गरिएको चोरी बारे घरधनीले बुधबार बिहान मात्र थाहा पाएका थिए ।
चोरले संजयको घरबाट दराज फुटाएर १ लाख ५० हजार नगद र अन्य सरसमान गरि १ लाख ५५ हजारको सम्पत्ति लगेका छन् ।
यस्तै जितेन्द्रको घरबाट दराज फोडेर ६६ हजार मुल्य बराबरको सुनचाँदीको गरगहना तथा १० मुल्य बराबरको अन्य सरसामान गरि कुल ७६ हजार बराबरीको सम्पत्ति लगेको प्रहरीले जनाएको छ ।
यता दुबै घटना बारे थाहा पाएपछि प्रहरी टोलीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ