News Category 2079/12/30
रुपनी गाउँपालिकाले सिंचाईका लागि प्रयोग हुने विद्युत महसुल तिरिदिने

दैनिक समाचारदाता
राजविराज ३० चैत ।
सप्तरीको रुपनी गाउँपालिकाले किसानद्वारा सिंचाईका लागी प्रयोग गरिने विद्युतको महसुल तिरि दिने निर्णय गरेको छ ।
पालिका र विद्युत प्राधिकरणबीच किसानहरुले सिंचाई प्रयोजनका लागी प्रयोग गर्ने विद्युतको महसुल गाउँपालिकाले तिर्ने सम्झौता भएको पालिका अध्यक्ष दिनेश यादवले जानकारी दिएका छन् ।
गाउँपालिका भित्र संचालित सिंगल फेज कुषि मिटरको सबै किसानको मासिक खपत विद्युत महसुल गाउँपालिका कार्यालयले नै व्यहोर्ने निर्णय भएको अध्यक्ष यादवले जानकारी दिए ।
किसानलाई राहत र प्रोत्साहन प्रदान गर्न गत फागुन ३ गते नै वसेको पालिकाको विशेष गाउँसभाबाट यस्तो निर्णय भएको अध्यक्ष यादवले बताए । यो सुविधा प्राप्त गर्न किसानले सम्झौता लागु हुनु पुर्वको २०७९ माघ सम्मको आप्mनो बक्यौता भने चुक्ता गरेको हुनु पर्ने लेखा अधिकृत श्याम सुन्दर यादवले बताएका छन् ।
यो सुविधा पाउन किसानले नागरिकता प्रमाण पत्र र लालपुर्जाको प्रतिलिपी तथा सम्बन्धित वडाको वडाअध्यक्षको सिफारिस समेत पेश गर्नु पर्ने उनले बताए ।
गाउँपालिका अध्यक्ष यादवले आपूmहरु निर्वाचनका वेलामा जनताको बीच गरेको प्रतिवद्धता बमोजिम गाउँवासीलाई राहत र सुविधा दिन क्रमिक रुपमा विभिन्न योजना अघि सारेको बताएका छन् । ६ वटा वडा रहेको सो पालिकामा झण्डै ४ हजार परिवार कृषि पेशामा संलग्न रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ