News Category 2079/12/30
रुपनी गाउँपालिकाले सिंचाईका लागि प्रयोग हुने विद्युत महसुल तिरिदिने
दैनिक समाचारदाता
राजविराज ३० चैत ।
सप्तरीको रुपनी गाउँपालिकाले किसानद्वारा सिंचाईका लागी प्रयोग गरिने विद्युतको महसुल तिरि दिने निर्णय गरेको छ ।
पालिका र विद्युत प्राधिकरणबीच किसानहरुले सिंचाई प्रयोजनका लागी प्रयोग गर्ने विद्युतको महसुल गाउँपालिकाले तिर्ने सम्झौता भएको पालिका अध्यक्ष दिनेश यादवले जानकारी दिएका छन् ।
गाउँपालिका भित्र संचालित सिंगल फेज कुषि मिटरको सबै किसानको मासिक खपत विद्युत महसुल गाउँपालिका कार्यालयले नै व्यहोर्ने निर्णय भएको अध्यक्ष यादवले जानकारी दिए ।
किसानलाई राहत र प्रोत्साहन प्रदान गर्न गत फागुन ३ गते नै वसेको पालिकाको विशेष गाउँसभाबाट यस्तो निर्णय भएको अध्यक्ष यादवले बताए । यो सुविधा प्राप्त गर्न किसानले सम्झौता लागु हुनु पुर्वको २०७९ माघ सम्मको आप्mनो बक्यौता भने चुक्ता गरेको हुनु पर्ने लेखा अधिकृत श्याम सुन्दर यादवले बताएका छन् ।
यो सुविधा पाउन किसानले नागरिकता प्रमाण पत्र र लालपुर्जाको प्रतिलिपी तथा सम्बन्धित वडाको वडाअध्यक्षको सिफारिस समेत पेश गर्नु पर्ने उनले बताए ।
गाउँपालिका अध्यक्ष यादवले आपूmहरु निर्वाचनका वेलामा जनताको बीच गरेको प्रतिवद्धता बमोजिम गाउँवासीलाई राहत र सुविधा दिन क्रमिक रुपमा विभिन्न योजना अघि सारेको बताएका छन् । ६ वटा वडा रहेको सो पालिकामा झण्डै ४ हजार परिवार कृषि पेशामा संलग्न रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ