News Category 2080/01/02
एकल महिलाले बच्चा जन्माइन

राजविराज÷सप्तरीमा एक एकल महिलाले बच्चा (छोरा) जन्माएकी छिन् । सप्तरीको कंचनरुप नगरपालिका २ बरमझिया निवासी स्व. दुखी पण्डितकी ३१ वर्षिया श्रीमती हेमन्तीदेवीले शुक्रबार बच्चा जन्माएकी हुन् ।
स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालका चिकित्सक डा. दिलिप साह र डा. जयन्तिकुमारी यादवले पेटको शल्यक्रिया गरेर बच्चा निकालेका छन् ।
श्रीमानको मृत्यु भएको १४ वर्षपछि शुक्रबार हेमन्तीले बच्चा जन्माएपछि स्थानिय समाज आश्चर्यमा परेका छन् । हेमन्ती र दुखीबीच २०६३ साल बैशाख ९ गते विवाह भएको थियो । पहिलो श्रीमती सुदामा सँग विवाह गरेको २ वर्षसम्म पनि सन्तान नभएपछि सुदामा कै आग्रहमा दुखीले हेमन्तीसँग दोश्रो विवाह गरेका थिए । विवाहपछि जेठो सन्तानका रुपमा छोरा जन्मेको चार महिनापछि दुखीको मृत्यु भयो । बिरामी पर्दा २०६५ सालतिर श्रीमान दुखीको मृत्यु भएको जेठी श्रीमती सुदामाले बताइन् ।
हेमन्ती गर्भवति भएको थाहा पाएपछि घर परिवार तथा छरछिमेकमा हल्लीखल्ली मचिएपछि सोधपुछ गर्दा उनीमाथी जरबजस्ती करणी भएको खुलासा भएको थियो । आफूलाई छिमेकी बेचन पण्डितले जबरजस्ती करणी गरेर गर्भवति बनाएको हेमन्तीले बताएकी छिन् । दुखी पण्डितकी जेठी श्रीमती सुदामाले पनि आफू घरमा नभएको मौका छोपी छिमेकी ५५ वर्षिय बेचन घरमा पसी हेमन्तीलाई जबरजस्ती करणी गरेर गर्भवति बनाएको खुलासा गरेकी छिन् ।
यसबारे टोलमा वडाअध्यक्ष मेहदी हसन, वडा सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि राखी पंचायती बसाएर छलफल गराउँदा आफूले गर्भवति बनाएको कुरा बेचनले स्वीकार गरेको तत्कालिन बरमझिया गाविसका पूर्वप्रधानपञ्च छेदीलाल पण्डितले बताए । पंचायतीमा उपस्थित रहेका समाजसेवी बच्चा साहका अनुसार पीडक बेचनले छलफलमा हुने निर्णय आफूलाई स्वीकार्य हुने बताएर निस्के पनि भोली पल्टै बिहानै फरार भएको बताए ।
गरिबीका कारण अर्काको खेतबारीमा मजदुरीले जिविकोपार्जन गर्दै आएकी सुत्केरी हेमन्तीका जेठो छोरा कृष्ण गरिबी कै कारण घर छाडी विगत ८ वर्षदेखी मावलीमा बस्दै आएका छन् ।
पीडित महिलाका तर्फबाट इलाका प्रहरी कार्यालय कंचनपुरमा बेचनबिरुद्ध जरबजस्ती करणीको मुद्दा चलाउन माग गर्दै जाहेरी समेत परेको छ । प्रहरीले सो घटना बारे थप अनुसन्धानसँगै फरार रहेका बेचनको खोजी कार्य भइरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ