News Category 2080/01/03
सवारी दुर्घटनामा तीन जना घाइते
दैनिक समाचारदाता
राजविराज, ३ बैशाख ।
सप्तरीको हनुमाननगर कंकालिनी र अग्निसाइर कृष्णासवरण गउँपालिकामा भएको सवारी दुर्घटनामा तीन जना घाइते भएका छन् ।
हनुमाननगर कंकालिनि नगरपालिका ५ निवासी ६० वर्षिय हरि किसुन मुखिया आप्mनै घर अगाडि बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिदा घाइते भएका छन् ।
सकरपुराबाट भारदहतर्फ जादै गरेको को.३३.प.४०४८ नं.को मोटरसाइकलले उनलाई शनिबार ठक्कर दिएको हो । हाल उनको छिन्नमस्ता अस्पताल राजविराजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
यस्तै शनिबारै जिल्लाको अग्निसाईर कृष्णसवरण गाउँपालिका ४ प्रसवनी टोलस्थित भित्री सडक खण्डमा दुई मोटरसाइकल एकआसपमा ठोकिदा दुबैको चालक घाइते भएका छन् ।
उत्तरबाट पश्चिमतर्फ जादै गरेको स.१०प.६९३७ नं. को मोटरसाइकलले बिपरित दिशाबाट आउदै गरेको स.२प.३६४६ नं. को मोटरसाइकल एक आपसमा ठोकिएको प्रहरीले जनाएको छ ।
ठक्करबाट स.१०प.६९३७ नं. को मोटरसाइकल चालक सोही गाउँपालिका २ निवासी २२ वर्षिय योगेश चौधरी र स.२प.३६४६ नं. को मोटरसाइकल चालक जिल्लाको सुरुङगा नगरपालिका ७ बस्ने २३ वर्षिय अरबिन्द कुमार साह घाइते भएका छन् ।
दुबै घाइतेको छिन्नमस्ता अस्पताल राजबिराजीमा उपचार भईरहेको तथा दुबै मोटरसाइकल प्रहरी नियन्त्रणमा राखि घटना बारे थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ