News Category 2080/01/04
७० वर्षिया बृद्धद्वारा आत्महत्या, चालु आ.ब.मा आत्महत्या गर्ने संख्या ८२ पुग्योे
दैनिक समाचारदाता
राजविराज, ४ बैशाख ।
सप्तरीमा आत्महत्याको घटना निकै बढ्दै गएको छ । पछिल्लो पटक जिल्लाको बोदेबर्साईन नगरपालिका १० खडकपुर निवासी ७० वर्षिया लक्ष्मिनिया देवी यादवले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनी आप्mनै घरको काठको बलोमा साडीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।
यो सँगै जिल्लामा दुई महिनाको अवधीमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या २३ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गत आर्थिक वर्ष ०७८÷०७९ मा विष सेवन तथा झुण्डिएर १ सय ३६ जनाले आत्महत्या गरेका थिए भने चालु आ.ब. २०७९÷८० को हालसम्मको अवधीमा भने विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या ८२ पुगेको छ ।
विषादी सेवन गर्नेको संख्या सप्तरी जिल्लामा विगत दुई महिनादेखी निकै बढ्दै गएको छ । विभिन्न घरायसी विवाद, झगडा, श्रीमान श्रीमतीबीच विवाद लगायतका कारण विषादी सेवन तथा झुण्डिएर आत्महत्या गर्नेको संख्या बढ्दै गएको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्कले देखाएको छ ।
विगत दुई साता यता जिल्लामा विषादी सेवन र झुण्डिएर पाँच महिला र दुई पुरुषले आत्महत्या गरेका छन् । यस्तै आत्महत्याको प्रयास गर्नेको संख्या ८ पुगेको छ । आत्महत्याको प्रयास गर्नेहरुमा १२ वर्षिय किशोरकिशोरीदेखी ८० तथा ७५ वर्षिय बृद्धबृद्धासम्म छन् ।
गरिबी, बेरोजगारी, प्रेम सम्बन्ध, शिक्षामा असफलता तथा ऋणको बोझ लगायतका घरायसी कारणले पनि आत्महत्याका घटना बढेको तर्क दिँदै यसतर्फ बेलैमा ध्यान दिनु पर्ने सरोकारवालाहरुले औल्याएका छन् । आत्महत्याको प्रयास गर्ने प्रबृतीलाई रोक्न राज्यसँगै परिवारका जिम्मेवार सदस्यले आ–आफ्ना स्थरबाट गम्भिर पहल गर्नु पर्ने आवश्यकता देखिएको अधिकांशको सुझाव छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ