News Category 2080/01/06
झुण्डिएको अवस्थामा किशोरी फेला
दैनिक समाचारदाता
राजविराज, ६ बैशाख ।
सप्तरीको सप्तकोशी नगरपालिकामा एक किशोरी पासो लगाई झुण्डिएको अवस्थामा बुधबार फेला परेकी छिन् ।
वडा नं. ३ सखुवनि टोल बस्ने बनहु चौधरीको १८ वर्षिय छोरा रबिन चौधरीसंग एक बर्ष अघि टिकाटालो गरी उनकै घरमा बस्दै आएकी जिल्लाकै कंचनरुप नगरपालिका वडा नं ३ सुब्बा टोल बस्ने चिचाई चौधरीकी १६ वर्षिया छोरी पुजा चौधरीले आफ्नै सुत्ने कोठाको काठको बलोमा सलको पासो लगाई झुण्डि छटपटाई रहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार झुण्डिएर छटपटाइ रहेको अवस्थामा रबिन चौधरीले देखेपछि बुवा बनहु चौधरीले पासो काटी सोही स्थानमा राख्दा मृत्यु भईसकेको थियो ।
घटना बारे सूचना पाएपछि प्रहरी चौकी फत्तेपुरबाट आएको टोलीले कानुन सम्वत मुचुल्का उठाई घटना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो सँगै जिल्लामा दुई महिनाको अवधीमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या २४ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गत आर्थिक वर्ष ०७८÷०७९ मा विष सेवन तथा झुण्डिएर १ सय ३६ जनाले आत्महत्या गरेका थिए भने चालु आ.ब. २०७९÷८० को हालसम्मको अवधीमा भने विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या ८३ पुगेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ