News Category 2080/01/06
दुई लाख भन्दा बढी भारतीय नोटसहित एक पक्राउ
दैनिक समाचारदाता
राजविराज, ६ बैशाख ।
सप्तरी तिलाठी कोईलाडी गाँउपालिका वडा नं. १ स्थित खाडो खोला स्थितसडकमा सोमबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त खटिएको प्रहरी टोलिले २ लाख १२ हजार भारतीय नोटसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
चेकजाँज गर्ने क्रममा भारततर्फबाट नेपालतर्फ पैदल हिडदै आउदै गरेको भारतको बिहार राज्य अन्तरगत मधेपुरा जिल्ला ग्रामपंचायत रायभिर वडा नं. १५ थाना बसन्तपुर घर भएका ४१ वर्षका बिधानन्द कुमार विमललाई नियन्त्रणमा लिएको हो ।
चेकजाँच गर्ने क्रममा उनका साथबाट २ हजारको ४ थान, ५ सयको ३ सय ८८ थान र २ सयको ५० थान गरी जम्मा २ लाख १२ हजार भारतीय नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता प्रहरीले भारतिय रुपैयासहित नियन्त्रणमा लिइएका विधानन्दलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाईएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ