News Category 2080/01/08
बच्चाको विषयमा झगडा, कुटपिट हुँदा दुई जना घाइते, ट्याक्टर चालक कुटिए
दैनिक समाचारदाता
राजविराज, ८ बैशाख ।
सप्तरीको बलानबिहुल गाउँपालिकामा बिहीबार बच्चाको विषयलाई लिएर विवाद पश्चात् झगडा हुँदा एक बालिकासहित दुई जना घाइते भएकी छिन् । यस्तै अर्को घटनामा ट्याक्टर चालक कुटिएका छन् ।
वडा नं. ५ कोदरकट्टि बस्ने ओम प्रकाश यादवकी ३२ वर्षिया श्रीमति सरोदेवी यादव र स्थानिय गंगाराम यादवकी १३ वर्षिया छोरी चन्द्रिका कुमारी यादवबीच बच्चाको विषयलाई लिएर झगडा भएपछि कुटपिट हुँदा दुबै जना घाइते भएकी छिन् ।
प्रहरीका अनुसार सरोदेवीको नाक र मुखमा चोट लागेकोले उपचारका लागि लहान पठाईएको तथा चन्द्रिकाको टाउकोमा चोट लागेको छ । प्रहरीले उक्त घटनामा चन्द्रिकाको बुबा ५६ वर्षिय गंगाराम यादवलाई नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै बिहीबारै जिल्लाको खडक नगरपालिका ५ खरचुईया बजारस्थित ट्याक्टरबाट धुलो परेको विषयमा मोटरसाइकलमा सवार दुई युवकले ट्याक्टर चालकलाई कुटपिट गरेका छन् ।
प्रहरीका अनुसार राजमार्गमा स्थानिय वडा नं. ३ बस्ने २७ वर्षिय भोला मण्डलले ईट्टा भट्टाको ट्याक्टर लिई शम्भुनाथबाट खरचुईयातर्फ आईरहेको अवस्थामा सोहि दिशातर्फ मोटरसाइकलमा सवार वडा नं. १ सिस्वाबेल्ही निवासी २७ वर्षका राज कुमार साह र २८ वर्षका मनोज कुमार साहले धुलो परेको भन्दै ट्याक्टर चालकलाई कुटपिट गरेका छन् ।
कुटपिटबाट चालक मण्डलको दाहिने हातमा चोट लागेकोले स्थानिय मेडिकल खरचुईयामा उपचार भईरहेको तथा राजकुमार र मनोजलाई प्रहरीले नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ