News Category 2080/01/08
बच्चाको विषयमा झगडा, कुटपिट हुँदा दुई जना घाइते, ट्याक्टर चालक कुटिए
दैनिक समाचारदाता
राजविराज, ८ बैशाख ।
सप्तरीको बलानबिहुल गाउँपालिकामा बिहीबार बच्चाको विषयलाई लिएर विवाद पश्चात् झगडा हुँदा एक बालिकासहित दुई जना घाइते भएकी छिन् । यस्तै अर्को घटनामा ट्याक्टर चालक कुटिएका छन् ।
वडा नं. ५ कोदरकट्टि बस्ने ओम प्रकाश यादवकी ३२ वर्षिया श्रीमति सरोदेवी यादव र स्थानिय गंगाराम यादवकी १३ वर्षिया छोरी चन्द्रिका कुमारी यादवबीच बच्चाको विषयलाई लिएर झगडा भएपछि कुटपिट हुँदा दुबै जना घाइते भएकी छिन् ।
प्रहरीका अनुसार सरोदेवीको नाक र मुखमा चोट लागेकोले उपचारका लागि लहान पठाईएको तथा चन्द्रिकाको टाउकोमा चोट लागेको छ । प्रहरीले उक्त घटनामा चन्द्रिकाको बुबा ५६ वर्षिय गंगाराम यादवलाई नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै बिहीबारै जिल्लाको खडक नगरपालिका ५ खरचुईया बजारस्थित ट्याक्टरबाट धुलो परेको विषयमा मोटरसाइकलमा सवार दुई युवकले ट्याक्टर चालकलाई कुटपिट गरेका छन् ।
प्रहरीका अनुसार राजमार्गमा स्थानिय वडा नं. ३ बस्ने २७ वर्षिय भोला मण्डलले ईट्टा भट्टाको ट्याक्टर लिई शम्भुनाथबाट खरचुईयातर्फ आईरहेको अवस्थामा सोहि दिशातर्फ मोटरसाइकलमा सवार वडा नं. १ सिस्वाबेल्ही निवासी २७ वर्षका राज कुमार साह र २८ वर्षका मनोज कुमार साहले धुलो परेको भन्दै ट्याक्टर चालकलाई कुटपिट गरेका छन् ।
कुटपिटबाट चालक मण्डलको दाहिने हातमा चोट लागेकोले स्थानिय मेडिकल खरचुईयामा उपचार भईरहेको तथा राजकुमार र मनोजलाई प्रहरीले नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ