News Category 2080/01/09
सप्तरीमा ईदको रौनक, आपसी सद्भाव मजबुत बनाउन विभिन्न कार्यक्रम
दैनिक समाचारदाता
राजविराज, ९ बैशाख ।
एक महिना लामो रमजानको समाप्तिसँगै मुस्लिम समुदायले पवित्र ईद पर्व शनिबार धुमधामका साथ मनाएका छन् । मुश्लिम समुदायले पवित्र नमाज पढ्दै तथा विपन्न परिवारलाई सहयोग र खाद्यान्न बितरण गर्दै ईद पर्व मनाएका हुन् ।
राजविराज ४ स्थित नुरि जामा मस्जिद अगाडी मुश्लिम समुदायका मात्र नभई भिक्षाटनका लागि पुगेका हिन्दु धर्मावलम्बीलाई पनि जकात दिएर धार्मिक सद्भावको उदाहरण प्रस्तुत समेत गरे ।
यस अवसरमा नुरि जामा मस्जिद कमिटि तथा स्थानिय मुश्लिम अगुवाहरुको अगुवाईमा मुख्य बजार क्षेत्र राजविराजको मेनरोडमा तवरुख (सेवई खिरको प्रसाद) बितरण कार्यक्रमको आयोजना पनि गरियो । जसमा हिन्दु समुदायका व्यक्ति पनि उल्लेख्य संख्यामा सहभागि भई तवरुख (प्रसाद) ग्रहण तथा एक अर्कालाई अंगालो हालेर शुभकामना आदान प्रदान गरे ।
मस्जिद तथा ईदगाहाहरुमा बिहानैदेखी मुश्लिम धर्मावलम्बीहरु पवित्र नमाजका लागि एकत्रित भएका थिए । पवित्र नमाज पढेपछि जकात अर्थात दान प्रदान गरिएको थियो । एक महिने कठोर ब्रत रोजाको उपवासपछि चन्द्रोदयको दर्शनसँगै मुश्लिम समुदाय ईद पर्व मनाएको नुरि जामा मस्जिदका मौलाना कैश रजाले बताए ।
नेपाली काँग्रेसका युवा नेता एवं नुरि जामा मस्जिद कमिटिका महासचिव ईर्साद अन्सारीले ईदको नमाज पढ्नु भन्दा पूर्व रोजामा भएको त्रृटी वा रोजामा थप शुद्धताका लागि प्रत्येक व्यक्तिले २ किलो ४५ ग्रामका दरले गहुँ वा सो बराबरको रकम फितराको रुपमा अनिवार्य रुपमा मदरसा तथा गरिबलाई दान गर्ने परम्परालाई यस पल्ट पनि निरन्तरता दिइएको बताए ।
त्यस्तै नुरि जामा मस्जिद कमिटिका अध्यक्ष तैयब अन्सारीले हरेक उमेर समूहका व्यक्ति सहभागि हुने यस पविज्ञ पर्वको मुख्य उद्देश्य आपसी भाईचारा र सद्भाव अझ प्रगाढ बनाउने तथा आर्थिक रुपमा कमजोरलाई सहयोग गर्नु नै रहेको बताए ।
नुरि जामा मस्जिदका साथै जिल्लाको तोपा, रायपुर, फर्सैठ, पकरी, तरही, हनुमाननगर, कंचनपुर, कल्याणपुर, कुशहा, बोदेबरसाई, मुहली लगायतका स्थानमा रहेका मस्जिद र ईदगाहाहरुमा पनि बिहानैदेखी नमाज पढ्नेको घुँइचो लागेको थियो ।
यस दिन हिन्दु धर्मावलम्बीका ईष्टमित्रलाई समेत निमन्त्रणा गरि आफ्नो घरमा खुवाउने र यसले सामाजिक सद्भाव बढाउने काम गरेको मुस्लिम अगुवा राजविराज ४ निवासी फैयाज अन्सारीको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ