News Category 2080/01/12
सदा झुण्डिएको अवस्थामा मृत फेला

दैनिक समाचारदाता
राजविराज, १२ बैशाख ।
सप्तरीको कंचनरुप नगरपालिका ४ जगतपुर मुसहरी टोलमा एक युवक पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार स्थानिय ३५ वर्षिय मनोज सदा आफ्नो घर भन्दा ५ सय मिटर पुर्वस्थित नहरको छेउमा शम्भु सदाले खेत बालि रेखदेखका लागि बनाईएको फुसको छाप्रोको बाँसको बल्लोमा तन्ना च्यातेको कपडाले पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको हो ।
मंगलबार बिहान उनी झुण्डिएर मृत अवस्थामा स्थानियबासिले देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यसअघि सोमबार जिल्लाको डाक्नेश्वरी नगरपालिका ७ ब्रहमपुर स्थानिय धर्मेन्द्र साहकी ३० वर्षिया श्रीमती झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।
यता जिल्लामा अढाई महिनाको अवधीमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या २७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार चालु आ.ब. २०७९÷८० को हालसम्मको अवधीमा भने विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या ८६ पुगेको छ ।
गत आर्थिक वर्ष ०७८÷०७९ मा विष सेवन तथा झुण्डिएर १ सय ३६ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ