News Category 2080/01/13
पोखरी घाट निर्माणका लागि प्रदेश सभासदस्यद्वारा शिलान्यास

दैनिक समाचारदाता
राजविराज, १३ बैशाख ।
प्रदेश सभा सदस्य किरण कुमारी साहले राजविराज ७ स्थित भगवती मन्दिर पोखरीको घाट निर्माणका लागि बुधबार शिलान्यास गरेकी छिन् ।
आफ्नो संसदीय विकास कोषबाट बजेट लगाई उक्त पोखरीमा छठ पुजाका लागी घाट निर्माण कार्यको बुधवार प्रदेश सभासदस्य साहले शिलान्यास गरेकी हुन ।
सांसद साहले यस पटक उपलब्ध बजेट अनुसार भगवती मन्दिर पोखरी छठीघाट निर्माण कार्यको थालनी गरेर अगामी आर्थिक वर्षहरुमा उपलब्ध हुने थपबजेट समेतलाई क्रमशः पोखरीको चारै तीर घाट निर्माणको कार्य सम्पन्न गराउने प्रतिबद्धता जनाएकी छिन् ।
धार्मिक एवं साँस्कृतिकस्थल समेत रहेको तथा विभिन्न मन्दिरहरुको निकट अवस्थित उक्त धार्मिक महत्वको पोखरीमा आवश्यक सरसफाई, जिर्णाेधार, पुजाघाट लगायतको अभावले गर्दा छठ पर्व लगायत विभिन्न धार्मिक कार्यक्रमको अवसरमा पुजा विधी गर्न भक्तजनहरुलाई समस्या हुदै आएको थियो ।
प्रदेश सभा सदस्य साहले आफ्नो संसदीय विकास कोषबाटै राजविराज नगरपालिकाको वडा नंं ४ मा केही दिन भित्रै सेफ हाउसको निर्माण कार्य समेत शूरु गरिने जानकारी दिएकी छिन ।
उक्त अवसरमा वडा नं. ७ का अध्यक्ष सुभाषचन्द्र यादव, ३ का अध्यक्ष अनिल दास, जसपाका युवा नेता शैलेन्द्र यादव, संतोष कुमार साह लगायत स्थानीय भरभलादमीको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ