News Category 2080/01/13
जसपा अध्यक्ष यादव निर्वाचित, खुशियालीमा दिप प्रज्जवलन

दैनिक समाचारदाता
राजविराज, १३ बैशाख ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्यमा बारा क्षेत्र नं २ बाट निर्वाचित भएका छन् ।
मंगलबार राती सम्पन्न मतगणनाको परिणाम अनुसार उनी ५ हजार ८१ मतान्तरले निर्वाचित भएका हुन् ।
ल्यस्उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार तीन सय ३४ मत ल्याएका थिए भने निर्वाचित भएका यादवले २८ हजार ४ सय १५ मत प्राप्त गरे ।
यस्तै नेकपा (एमाले) का पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार ८ सय २९, आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले २ हजार ७ सय ३८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल साहले १ सय १९ मत, नागरिक उन्मुक्ति पार्टीका कमरुल्लाह अन्सारीले १ सय ९ मत तथा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार मुक्ति यादवले ६० मत पाएका थिए ।
बारा क्षेत्र नं २ मा गत आइतबार भएको उपनिर्वाचनमा ६८ हजार ८ सय ८७ जनाले मतदान गरेका थिए । गत वर्ष मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जसपा अध्यक्ष यादव सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष डा सिके राउतसँग पराजित भएका थिए ।
बारा क्षेत्र नं २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो ।
खुशियालीमा दिप प्रज्जवलन
जनता समाजवादी पार्टीका राष्ट्रिय अधयक्ष उपेन्द्र यादव बारा क्षेत्र नं. २ बाट निर्वाचित भएपछि सप्तरीमा खुशियाली मनाइएको छ ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सप्तरी क्षेत्र नं. २ बाट चुनाव लडी पराजित भएका उनी पछिल्लो पटक बाराको क्षेत्र नं. २ बाट उपनिर्वाचनमा निर्वाचित भएपछि उनका समर्थकले बुधबार राजविराजमा दिप प्रज्जवलन गरि खुशियाली मनाएका हुन् ।
जसपा जिल्ला समन्वय समितिको आयोजनामा बिजयी जुलुस तथा स्थानिय गजेन्द्र चौकमा दिप प्रज्जवलन गरिएको छ । दिप प्रज्ववलनमा जसपा नेता एवं राष्टिूय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, मधेश प्रदेशका पूर्वउपसभामुख उपमा देव, महिला नेतृ एवं प्रदेशसभा सदस्य किरण कुमारी साह, जिल्ला अध्यक्ष केदार यादव, युवा नेता किशोर यादव, महिला नेतृ रमिलादेवी साह लगायत उल्लेख्य संख्यामा जसपाका नेता कार्यकर्ता सहभागि भए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ