News Category 2080/01/13
जसपा अध्यक्ष यादव निर्वाचित, खुशियालीमा दिप प्रज्जवलन
दैनिक समाचारदाता
राजविराज, १३ बैशाख ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्यमा बारा क्षेत्र नं २ बाट निर्वाचित भएका छन् ।
मंगलबार राती सम्पन्न मतगणनाको परिणाम अनुसार उनी ५ हजार ८१ मतान्तरले निर्वाचित भएका हुन् ।
ल्यस्उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार तीन सय ३४ मत ल्याएका थिए भने निर्वाचित भएका यादवले २८ हजार ४ सय १५ मत प्राप्त गरे ।
यस्तै नेकपा (एमाले) का पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार ८ सय २९, आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले २ हजार ७ सय ३८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल साहले १ सय १९ मत, नागरिक उन्मुक्ति पार्टीका कमरुल्लाह अन्सारीले १ सय ९ मत तथा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार मुक्ति यादवले ६० मत पाएका थिए ।
बारा क्षेत्र नं २ मा गत आइतबार भएको उपनिर्वाचनमा ६८ हजार ८ सय ८७ जनाले मतदान गरेका थिए । गत वर्ष मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जसपा अध्यक्ष यादव सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष डा सिके राउतसँग पराजित भएका थिए ।
बारा क्षेत्र नं २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो ।
खुशियालीमा दिप प्रज्जवलन
जनता समाजवादी पार्टीका राष्ट्रिय अधयक्ष उपेन्द्र यादव बारा क्षेत्र नं. २ बाट निर्वाचित भएपछि सप्तरीमा खुशियाली मनाइएको छ ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सप्तरी क्षेत्र नं. २ बाट चुनाव लडी पराजित भएका उनी पछिल्लो पटक बाराको क्षेत्र नं. २ बाट उपनिर्वाचनमा निर्वाचित भएपछि उनका समर्थकले बुधबार राजविराजमा दिप प्रज्जवलन गरि खुशियाली मनाएका हुन् ।
जसपा जिल्ला समन्वय समितिको आयोजनामा बिजयी जुलुस तथा स्थानिय गजेन्द्र चौकमा दिप प्रज्जवलन गरिएको छ । दिप प्रज्ववलनमा जसपा नेता एवं राष्टिूय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, मधेश प्रदेशका पूर्वउपसभामुख उपमा देव, महिला नेतृ एवं प्रदेशसभा सदस्य किरण कुमारी साह, जिल्ला अध्यक्ष केदार यादव, युवा नेता किशोर यादव, महिला नेतृ रमिलादेवी साह लगायत उल्लेख्य संख्यामा जसपाका नेता कार्यकर्ता सहभागि भए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ