News Category 2080/01/15
लामो कानुनी लडाईपछि करिश्माले न्याय पाइन्
दैनिक समाचारदाता
राजविराज, १४ बैशाख ।
श्रीमान, सासु, ससुराबाट घरेलु हिंसामा परेकी घरेलु एक महिलाले लामो कानुनी लडाईपछि अदालतबाट न्याय पाएकी छिन ।
राजविराज ५ निवासी करिश्मा चौधरीमाथी घरेलु हिंसा गर्ने सोही वडा निवासी श्रीमान् डा.उज्जवल देवसहित उनका परिवारलाई सप्तरी जिल्ला अदालतबाट जरिवाना लगायत विभिन्न फैसला सुनाएको छ ।
अदालतले करिश्मामाथी घरेलु हिंसा भएको ठहर गर्दै उनका श्रीमान डा.देव, ससुरा शशीकान्त देव, सासु पुर्णिमा देव र देवर उत्सव देवलाई जनही ३ हजार रुपैया जरिवाना हुने पैmसला गरेको हो ।
न्यायधिश हरिशचन्द्र इङ्गगनामको इजलासबाट भएको फैसलामा पीडितले अंश र भरण पोषण वापत मानाचामल खर्च पनि पाउने पीडकबाटप्रति महिना १० हजार रुपैया मानाचामल भरण पोषण वापत खर्च पाउने अदालतको फैसलामा उल्लेख छ ।
यस्तै देव परिवारको जायजेथाको चार भाग अंश लगाई त्यस मध्ये एक भागको आधा करिश्माले पाउने भएकी छिन ।
करिश्माले २०७७ साल कार्तिक १९ गते सप्तरी जिल्ला अदालतमा अंश तथा भरण पोषणको मुदा दर्ता गरेकी थिइन । त्यस पछी शारिरीक र मानसिक यातना दिने क्रम झनै बढेपछी उनले श्रीमान र सासु, ससुरा, देवरलाई विपक्षी बनाई २०७९ साल माघ १९ गते घरेलु हिंसाको मुदा दर्ता गरेकी थिईन ।
घरेलु हिंसाको मुदामा ३ महिना अघि माघ २० गते सप्तरी जिल्ला अदालतका न्यायधिश नविन कुमार जोशीको इजलासले अन्तरीम संरक्षणात्मक आदेश जारी गर्दै पीडीत महिलालाई शान्त र निर्भय वातावरणमा घरमा वस्न, खान लाउन दिनु तथा दाईजो माग्ने र कुटपीट लगायतका यातना दिने काम न गर्नु भनि आदेश जारी गरेको थियो ।
तर, आरोपीतहरुले पीडीत महिलालाई घर प्रवेश गर्न रोक लगाएका थिए । घर प्रवेश गर्न खोज्दा कुटपीट गरी ज्यान मार्ने धम्की समेत दिन थालेपछी उनी विचल्लीमा परेकी थिइन । पछिल्लो पटक गत माघ १७ गते उनी वडाअध्यक्ष बन्धु दास सहित पत्रकार, अधिकारकर्मी र प्रहरीको सहयोग लिई घर प्रवेशका लागी पुगेकी थिइन । उनी आउन लागेको थाहा पाएपछि श्रीमान डा.देव सहित परिवारका सबै सदस्य घरको मुल प्रवेशद्वार मै ताला लगाएर अन्यत्र हिडेका थिए ।
यस्तो अवस्थामा ताला फुटाएर प्रवेश गर्नू उपयुक्त न हुने स्थानीयको सुझाव पश्चात करिश्माले मुल गेट मै थप अर्काे ताला लगाएर फर्केकी थिइन । गुह प्रवेश नपाएपछी न्यायका लागी उनी फेरी अदालतको शरणमा पुगेकी थिइन ।
विराटनगरमा अध्यनरत रहेका बेला डा.देव र करिश्मा बीच प्रेम गासिन पुगेको थियो । पछिल्लो पटक निजामती कर्मचारी अस्पताल काठमाण्डौमा कार्यरत डा. देवले मोरंग जिल्ला अदालतमा २०७५ असोज १९ गते विवाह दर्ता गर्न आवेदन गरी सहमती पत्र संलग्न राखी सही छाप समेत गरेका थिए ।
२०७६ साल असोज २८ गते दुबैले आफन्तजनको उपस्थितीमा सप्तरीको भारदहस्थित कंकालिनी मन्दिरमा विवाह गरेका थिए । तर, केही समय पछी माइतबाट दाइजो बापत ५० लाख रुपैया लिएर आउन तथा विराटनगरमा आफनो नाममा रहेको १ कठ्ठा जग्गा सासुको नाममा गराउन श्रीमानबाट दवाव र सोही निहुमा दुःख दिन थालेको पीडित करिश्माको भनाई छ ।
विराटनगर उप महानगरपालिका १२ पाँचाली स्थित डेरामा श्रीमान डा.देव संगै केही दिन वसेपछी उनको काठमाडौ सरुवा भएको र त्यहा पनि केही दिन संगै वसेको उनले बताईन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ