News Category 2080/01/15
लामो कानुनी लडाईपछि करिश्माले न्याय पाइन्
दैनिक समाचारदाता
राजविराज, १४ बैशाख ।
श्रीमान, सासु, ससुराबाट घरेलु हिंसामा परेकी घरेलु एक महिलाले लामो कानुनी लडाईपछि अदालतबाट न्याय पाएकी छिन ।
राजविराज ५ निवासी करिश्मा चौधरीमाथी घरेलु हिंसा गर्ने सोही वडा निवासी श्रीमान् डा.उज्जवल देवसहित उनका परिवारलाई सप्तरी जिल्ला अदालतबाट जरिवाना लगायत विभिन्न फैसला सुनाएको छ ।
अदालतले करिश्मामाथी घरेलु हिंसा भएको ठहर गर्दै उनका श्रीमान डा.देव, ससुरा शशीकान्त देव, सासु पुर्णिमा देव र देवर उत्सव देवलाई जनही ३ हजार रुपैया जरिवाना हुने पैmसला गरेको हो ।
न्यायधिश हरिशचन्द्र इङ्गगनामको इजलासबाट भएको फैसलामा पीडितले अंश र भरण पोषण वापत मानाचामल खर्च पनि पाउने पीडकबाटप्रति महिना १० हजार रुपैया मानाचामल भरण पोषण वापत खर्च पाउने अदालतको फैसलामा उल्लेख छ ।
यस्तै देव परिवारको जायजेथाको चार भाग अंश लगाई त्यस मध्ये एक भागको आधा करिश्माले पाउने भएकी छिन ।
करिश्माले २०७७ साल कार्तिक १९ गते सप्तरी जिल्ला अदालतमा अंश तथा भरण पोषणको मुदा दर्ता गरेकी थिइन । त्यस पछी शारिरीक र मानसिक यातना दिने क्रम झनै बढेपछी उनले श्रीमान र सासु, ससुरा, देवरलाई विपक्षी बनाई २०७९ साल माघ १९ गते घरेलु हिंसाको मुदा दर्ता गरेकी थिईन ।
घरेलु हिंसाको मुदामा ३ महिना अघि माघ २० गते सप्तरी जिल्ला अदालतका न्यायधिश नविन कुमार जोशीको इजलासले अन्तरीम संरक्षणात्मक आदेश जारी गर्दै पीडीत महिलालाई शान्त र निर्भय वातावरणमा घरमा वस्न, खान लाउन दिनु तथा दाईजो माग्ने र कुटपीट लगायतका यातना दिने काम न गर्नु भनि आदेश जारी गरेको थियो ।
तर, आरोपीतहरुले पीडीत महिलालाई घर प्रवेश गर्न रोक लगाएका थिए । घर प्रवेश गर्न खोज्दा कुटपीट गरी ज्यान मार्ने धम्की समेत दिन थालेपछी उनी विचल्लीमा परेकी थिइन । पछिल्लो पटक गत माघ १७ गते उनी वडाअध्यक्ष बन्धु दास सहित पत्रकार, अधिकारकर्मी र प्रहरीको सहयोग लिई घर प्रवेशका लागी पुगेकी थिइन । उनी आउन लागेको थाहा पाएपछि श्रीमान डा.देव सहित परिवारका सबै सदस्य घरको मुल प्रवेशद्वार मै ताला लगाएर अन्यत्र हिडेका थिए ।
यस्तो अवस्थामा ताला फुटाएर प्रवेश गर्नू उपयुक्त न हुने स्थानीयको सुझाव पश्चात करिश्माले मुल गेट मै थप अर्काे ताला लगाएर फर्केकी थिइन । गुह प्रवेश नपाएपछी न्यायका लागी उनी फेरी अदालतको शरणमा पुगेकी थिइन ।
विराटनगरमा अध्यनरत रहेका बेला डा.देव र करिश्मा बीच प्रेम गासिन पुगेको थियो । पछिल्लो पटक निजामती कर्मचारी अस्पताल काठमाण्डौमा कार्यरत डा. देवले मोरंग जिल्ला अदालतमा २०७५ असोज १९ गते विवाह दर्ता गर्न आवेदन गरी सहमती पत्र संलग्न राखी सही छाप समेत गरेका थिए ।
२०७६ साल असोज २८ गते दुबैले आफन्तजनको उपस्थितीमा सप्तरीको भारदहस्थित कंकालिनी मन्दिरमा विवाह गरेका थिए । तर, केही समय पछी माइतबाट दाइजो बापत ५० लाख रुपैया लिएर आउन तथा विराटनगरमा आफनो नाममा रहेको १ कठ्ठा जग्गा सासुको नाममा गराउन श्रीमानबाट दवाव र सोही निहुमा दुःख दिन थालेको पीडित करिश्माको भनाई छ ।
विराटनगर उप महानगरपालिका १२ पाँचाली स्थित डेरामा श्रीमान डा.देव संगै केही दिन वसेपछी उनको काठमाडौ सरुवा भएको र त्यहा पनि केही दिन संगै वसेको उनले बताईन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ