News Category 2080/01/15
बोदेबरसाइन नगरपालिकामा समयमा भेटिदैनन् कर्मचारी, सेवाग्राही सास्तीमा, आवश्यक भन्दा बढी खरीद गरिएको फर्निचर वेवारिसे अवस्था
दैनिक समाचारदाता
राजविराज, १५ वैशाख ।
सप्तरीको बोदेबरसाइन नगरपालिकामा एकै दिन नगर प्रमुखदेखी अधिकृत सम्मका कर्मचारी अनुपस्थित देखिएका छन् ।
बिहीबार पत्रकारहरुको एक टोली सो नगरपालिका पुग्दा नगर प्रमुख आतेशकुमार सिंह, उपप्रमुख रेणुकुमारी साह, निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, लेखा अधिकृतसहित अन्य अधिकृत तहका कर्मचारीहरु कार्यालयमा कतै देखिएन् ।
कार्यालयको सोधपुछ शाखामा संचारकर्मीहरुले सोधपुछ गर्दा एक जना पनि अधिकृत स्तरको कर्मचारी उपस्थित नरहेको तथा कुनै जानकारी लिन अन्य कर्मचारीसँग सोधपुछ गर्दा कसैले पनि उचित जवाफ दिन सकेनन् ।
यसरी स्थानिय तहलाई सिंहदरबारको संज्ञा दिदा पनि दरबार नै कर्मचारी बिहीन हुँदा सेवाग्राही सास्ती भोग्न बाध्य भएका छन् ।
यस्तै कार्यालय भवनको माथिल्लो तल्लामा जाँदा प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको कोठा खुल्लै रहे पनि ती मध्ये कसैको पनि उपस्थिति देखिएन् । ती सबै कोठाहरुलाई फर्निचर तथा अन्य सजवाट सामाग्रिले रंगिचंगि बनाइए पनि सेवा भने फितलो भएको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।
सोही तल्लाको खाली स्थानमा आधा दर्जन सोफासेट जथाभावी ढंगले बाहिरै राखिएको देखिएको थियो । भवनमा कोठा पर्याप्त हुँदा हुँदै पनि लाखौं रुँपैया लगानी गरेर खरीद गरिएको सोफाहरु लथालिंङ अवस्थामा राखिएको थियो ।
कार्यालयको सबै कोठा फर्निचरले भरिभराउ रहदा आवश्यक भन्दा बढी फर्निचर खरीद गरेर रकमको दुरुपयोग गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ