News Category 2080/01/17
भाउजुलाई पेट्रोल छर्केर मारेका देवरलाई जन्मकैद
दैनिक समाचारदाता
राजविराज, १७ बैशाख ।
पेट्रोल छर्केर जलाएर भाउजुको हत्या गरेको आरोपमा पक्राउ परेका देवरलाई सप्तरी जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ ।
उक्त मुद्दा उपर सुनुवाई गर्दै सप्तरी जिल्ला अदालतका न्यायाधिश हर्कबहादुर क्षेत्रिको इजलाशले उक्त कर्तब्य ज्यान मुद्दाको सुनुवाई गर्दै यस्तो फैसला गरेको हो ।
सप्तरीको बोदेबरसाइन नगरपालिका १ निवासी २२ वर्षिय देवर परमेश्वर साहले घरायसी विवादमा २७ वर्षिया भाउजु राजकुमारीलाई पेट्रोल छर्केर आगो लगाई ज्यान मारेको अभियोगमा जन्मकैद र ३ लाख क्षतिपूर्ती भराउने फैसला भएको हो ।
यस्तै बयान फेरेको आरोपमा मृतकका पति २९ वर्षिय रबिन समेतलाई ५ दिन कैद र २ हजार जरिवानाको फैसला भएको अदालतले जनाएको छ ।
२०७८ साल माघ २१ गते घरमा खाना पकाइरहेका बेला अचानक पछाडीबाट आएका देवर परमेश्वरले पेट्रोल खन्याई आगो लगाइदिदा राजकुमारी गम्भिर घाइते भएको र उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले अदालतमा पेश गरेको कागजात प्रमाणमा उल्लेख छ ।
सुरुमा मृतककी ५ वर्षिया छोरी पूजा र पति रबिनले पनि परमेश्वरले आगो लगाएर मारेको बयान दिएका थिए । तर, राजकुमारीको मृत्यु भएपछि पति रविनले भने भाईसँग मिलि बयान फेरेकाले उनलाई पनि झुठा वकपत्र वापत कैद सजाय तोकिएको अदालतले जनाएको छ ।
मृतकका बुबा बद्रि साहको जाहेरीले पीडितका तर्फबाट सरकारी वकिल मो. मुन्नाका साथै अधिवक्ता किरणकुमारी साह र अशोक चौधरीले निशुल्क बहस गरेका थिए । प्रतिवादीका तर्फबाट अधिवक्ता बालकिशोर यादव र बिमल साहले बहस गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ