News Category 2080/01/17
८ बुँदे माग राख्दै कानुन व्यवसायीद्वारा एक हप्ते दवाबमूलक अभियान सुरु
दैनिक समाचारदाता
राजविराज, १७ बैशाख ।
उच्च अदालत बार एशोसिएशन तथा सप्तरी जिल्ला बार एकाईको अगुवाईमा सप्तरीका कानुन व्यवसायीहरु एक हप्ते दबाबमूलक अभियान सुरु गरेका छन् ।
कानुन व्यवसायीहरुले विभिन्न ८ बुँदे माग अघि सार्दै आइतबारदेखी एक हप्ते दबाबमूलक अभियान सुरु गरेका हुन् ।
एशोसिएशन र एकाईले एक हप्ते अभियान अन्तरगत संसदीय सुनुवाई समिति गठन गर, संबैधानिक परिसद्को बैठक बोलाउ, स्वतन्त्र न्यायपालिकाको रक्षा गर, प्रधान न्यायधिशको अविलम्ब नियुक्ति गर लगायतका ८ वटा नारा समेत तय गरेको छ ।
एशोसिएशन र एकाईले न्यायपालिकामा देखिएको बिकृती र बिसंगतिको अन्त्य, पूर्णस्वचालित पेशी ब्यवस्थापन प्रणालीको थालनी प्रधानन्यायाधिशको अविलम्ब नियुक्त लगायतका माग राखी एक हप्ते दबाबमूलक अभियान सुरु गरेको उच्च अदालत बार एशोसिएशनका अध्यक्ष भरत यादवले बताए ।
माग पुरा गराउन दबाब दिन एक हप्तासम्म प्ले कार्ड र ब्यानरसहित अदालतको प्रवेशद्वारमा शान्तिपूर्ण प्रदर्शन गरिने सप्तरी जिल्ला बार एकाईका अध्यक्ष रामप्रसाद चौधरीले बताए ।
उनले सो अभियान संचालन गर्दा सेवाग्राहीको काममा असर नपर्ने गरि दैनिक दिउँसो २ बजेदेखी ३ बजेसम्म एक घण्टा उक्त कार्यक्रम आयोजना गरिने जानकारी समेत दिए ।
संबैधानिक परिसद्का प्रमुख र सम्बन्धीत सबै निकायको ध्यानाकर्षण गराउन उक्त दबाबमूलक अभियान देशैभर एकै दिन सुरु भएको कानुनी व्यवसायीहरुले जनाएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ