News Category 2080/01/19
सात लाख १० हजार नगदसहित ४४ लाख भन्दा बढीको धनमाल जलेर नष्ट
दैनिक समाचारदाता
राजविराज, १९ बैशाख ।
सप्तरीको कंचनरुप नगरपालिका १ बैरवा टोलमा मंगलबार अचानक आगलागि हुँदा नगद ७ लाख १० हजार नगदसहित ४४ लाख भन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।
स्थानिय कलिम शेखको आफ्नै सुत्ने फुसको घरमा अचानक आगलगि हुदाँ सँगै टासिएको गाईगोठ जलि पुर्ण रुपमा नष्ट हुनुका साथै आगो फैलिएर ६ जना छिमेकीको घर, नगद, सुनचादी, लत्ताकपडा तथा अन्य सामानहरुसमेत जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागिमा कलिम शेखको घर भित्र रहेको ल्यापट, ३ थान मोबाईल तथा नगद २५ हजारलगायत अन्य सामाग्रिहरुसहित १० लाख, हदिसा खातुन नगद १२ हजारसहित अन्य सामाग्रिसहित १ लाख ५० हजार, ईस्लाम शेखको नगद ४ लाख र अन्य सामाग्रिहसहित १० लाख, अशलम शेखको विभिन्न सामानहसहित ७ लाख, आशिस शेखको नगद १ लाख ३५ हजार तथा अन्य सामाग्रिसहित १० लाख र लजिना खातुनको घरसहित ६ लाख मुल्य बराबरकोे क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगो कञ्चनपुरबाट खटिएको टोली, स्थानियबासि, कंचनरुपको दमकल तथा सशस्त्र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यस्तै सोही दिन कंचनरुप नगरपालिका १ महादेवपट्टि निवासी भटन शेख घर नजिकै रहेको परालको टालमा अचानक आगलागि हुँदा २० हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
उक्त आगो स्थानियबासी, नेपाल प्रहरी र हनुमाननगरको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ