News Category 2080/01/19
सात लाख १० हजार नगदसहित ४४ लाख भन्दा बढीको धनमाल जलेर नष्ट

दैनिक समाचारदाता
राजविराज, १९ बैशाख ।
सप्तरीको कंचनरुप नगरपालिका १ बैरवा टोलमा मंगलबार अचानक आगलागि हुँदा नगद ७ लाख १० हजार नगदसहित ४४ लाख भन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।
स्थानिय कलिम शेखको आफ्नै सुत्ने फुसको घरमा अचानक आगलगि हुदाँ सँगै टासिएको गाईगोठ जलि पुर्ण रुपमा नष्ट हुनुका साथै आगो फैलिएर ६ जना छिमेकीको घर, नगद, सुनचादी, लत्ताकपडा तथा अन्य सामानहरुसमेत जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागिमा कलिम शेखको घर भित्र रहेको ल्यापट, ३ थान मोबाईल तथा नगद २५ हजारलगायत अन्य सामाग्रिहरुसहित १० लाख, हदिसा खातुन नगद १२ हजारसहित अन्य सामाग्रिसहित १ लाख ५० हजार, ईस्लाम शेखको नगद ४ लाख र अन्य सामाग्रिहसहित १० लाख, अशलम शेखको विभिन्न सामानहसहित ७ लाख, आशिस शेखको नगद १ लाख ३५ हजार तथा अन्य सामाग्रिसहित १० लाख र लजिना खातुनको घरसहित ६ लाख मुल्य बराबरकोे क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगो कञ्चनपुरबाट खटिएको टोली, स्थानियबासि, कंचनरुपको दमकल तथा सशस्त्र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यस्तै सोही दिन कंचनरुप नगरपालिका १ महादेवपट्टि निवासी भटन शेख घर नजिकै रहेको परालको टालमा अचानक आगलागि हुँदा २० हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
उक्त आगो स्थानियबासी, नेपाल प्रहरी र हनुमाननगरको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/11 पानीको समस्या समाधान गर्न प्रजिअद्वारा स्थलगत निरिक्षणका साथै निर्देशन
- 2082/04/11 कृषि विश्वविद्यालयमा तालाबन्दी
- 2082/04/11 स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना
- 2082/04/11 मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
- 2082/04/11 ३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
- 2082/04/11 चोरी पैठारीका ७४ कार्टुन मदिरा र २८ बोरा कुरमुरे भन्सार बुझाइयो
- 2082/04/11 आदिवासी जनजाती समुदायको परम्परागत खाद्य पहिचान गर्दै अर्थ ब्यवस्था सुदृढ गर्नु पर्छ ः मन्त्री लेखी
- 2082/04/10 करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
- 2082/04/10 कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
- 2082/04/10 तपेश्वरीमा पहिलो पटक मिनि महोत्सव हुँदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ