News Category 2080/01/19
बालमन्दिरलाई पुरानै अवस्थामा फर्काउन मधेश प्रदेशका मन्त्री यादवको तयारी
दैनिक समाचारदाता
राजविराज, १९ बैशाख ।
बि.स. २०२६ सालमा तत्कालीन बडा महारानी रत्नराज्य लक्ष्मीदेवी शाहद्वारा उद्घाटन गरि पठनपाठन सुरु भएको राजविराज ७ स्थित बाल मन्दिरको अवस्था अहिले बेहाल भएको छ ।
त्यति बेला एघार जना शिक्षक तथा चार सय विद्यार्थी अध्ययनरत रहेको उक्त बालमन्दिरमा बजेट तथा साधन स्रोतको कमी भएसँगै अहिले विद्यार्थी संख्या पनि घट्दै गएको छ ।
मंगलबार बालमन्दिरको निरीक्षणका लागि पुगेका मधेश प्रदेशका शिक्षा विज्ञान प्रबिधि मन्त्री महेशप्रसाद यादवले अवस्था हेरेर आश्चर्यमा परे । आफू यसै बाल मन्दिरमा वाल्यकालमा अध्ययन गरेको भन्दै उनी संस्थाको जीर्ण भवन, घटेको विद्यार्थी संख्या देखेर दुःखित भए ।
निरीक्षणकै क्रममा मन्त्री यादवको आँखा बाल मन्दिर प्राङ्गणको एउटा कुनामा थोत्रो अवस्थामा राखिएको रिक्सामाथी परेपछि उनले आफू पढ्दै गर्दा सञ्चालनमा रहेको सोही रिक्साबाटै विद्यार्थी ओसारपोसार गर्ने गरेको सम्झिए । उनले रिक्साको अवस्था देखेर बाल मन्दिरकी प्रधानाध्यापक शान्ति झासँग सोध्दा रिक्सा चालकलाई तलब दिन सक्ने क्षमता नरहेकोले एउटा कुनामा थन्क्याईएको बmस्बताइन् ।

प्रधानाध्यापक झाले रिक्साको अवस्था बारे मन्त्री यादवलाई जानकारी गराउँदै पाँच कोठे भवन जीर्ण भएका कारण जेनतेन मर्मत सम्भार गरी सञ्चालनमा ल्याईएका दुई वटा कोठामा समूह बनाएर पाँच कक्षा सम्मको पढाई सञ्चालन गरिरहेको बताइन् ।
अहिले ४ जना शिक्षकबाट पढाई संचालनमा रहेको र चालु शैक्षिक सत्रमा कक्षा १ मा २०, २ मा १५, ३ मा १७, ४ मा ११, ५ मा १० र बाल विकासमा १७ विद्यार्थी अध्ययनरत रहेको प्रअ झाले मन्त्री यादवलाई जानकारी गराइन् ।
सोही क्रममा जीर्ण भवनको मर्मत, स्वच्छ पिउने पानीको व्यवस्था तथा खेलकूद सामग्रीको व्यवस्था आवश्यक रहेको मन्त्री यादवलाई विद्यालयका तर्फबाट जानकारी गराईएको छ ।
पाँच कक्षासम्म पठनपाठन हुने बालमन्दिरमा त्यो वेला सयौं वालवालिका अध्ययनकालागि आउने गरेकोमा अहिले ९० जनामा मात्रै सिमित रहेको जानकारी पाउँदा मन्त्रि यादव निकै खिन्नता व्यक्त गरे ।
हाल संघीय सरकार मातहत रहेको बालमन्दिरको अवस्था सुधार्नकालागि बजेटको आवश्यकता रहेको शिक्षा अधिकृत भोगेन्द्र यादवले जानकारी गराएका छन् ।
बाल मन्दिरको अवस्था बारे पूर्ण जानकारी लिइसकेपछि मन्त्री यादवले पुरानै अवस्थामा फर्काई नमूना विद्यालय बनाउन आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ