News Category 2080/01/21
हयासको ठक्करबाट श्रीमान श्रीमती घाइते, मोटरसाइकल दुर्घटनामा दुबै चालक घाइते
दैनिक समाचारदाता
राजविराज, २१ बैशाख ।
सप्तरीमा बिहीबार छुट्टाछुट्टै दुई स्थानमा भएको सवारी दुर्घटनामा परि श्रीमान श्रीमतीसहित चार जना घाइते भएका छन् ।
जिल्लाको सप्तकोशी नगरपालिका २ परसा चोकस्थित कंचनपुरबाट फत्तेपुरतर्फ आउदै गरेको बा.४ख. ६५७५ नं. को हायसले ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमान श्रीमती घाइते भएका हुन् ।
बा.४९प.३१९१ नं. को मोटरसाइकललाई हयासले पछाडिबाट ठक्कर दिदा मोटरसाइकल चालक कंचनरुप ७ बस्ने ४२ वर्षिय पशुराम बस्नेत र पछाडी सवार उनकी श्रीमति ४० वर्षिया रेखा बस्नेत घाइते भएको प्रहरीले जनाएको छ ।
दुवै जनालाई उपचारका लागि बिराटनगर पठाईएको र घटनाबारे थप अनुसन्धान तथा हायस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै बिहीबारै कंचनरुप १० बदगामास्थित पुर्व पश्चिम लोकमार्गमा एक मोटरसाइकलले अर्को मोटरसाइकललाई ठक्कर दिँदा दुबैका चालक घाइते भएका छन् ।
पश्चिमबाट पुर्वतर्फ जादै गरेकोको प्र.१–०२–०५० प.६३६३ नं. को मोटरसाइकलले सोही दिशा तर्फ जादै गरेको को.८प.९६३९ नं. को मोटरसाइकललाई ओभर टेक गर्ने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्करबाट प्र.१–०२–०५० प.६३६३ नं. को मोटरसाइकल चालक कंचनरुप ६ बस्ने ३५ वर्षिय एगेश राज शर्मा र को.८प.९६३९ नं. को मोटरसाइकल चालक वडा नं. १० बदगामा बस्ने ३५ वर्षिय भरत प्रसाद गुप्ता घाइते भएका हुन् ।
घाइते दुबै जनालाई उपचारका लागि धरान घोपा अस्पतात तर्फ पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ