News Category 2080/01/21
हयासको ठक्करबाट श्रीमान श्रीमती घाइते, मोटरसाइकल दुर्घटनामा दुबै चालक घाइते
दैनिक समाचारदाता
राजविराज, २१ बैशाख ।
सप्तरीमा बिहीबार छुट्टाछुट्टै दुई स्थानमा भएको सवारी दुर्घटनामा परि श्रीमान श्रीमतीसहित चार जना घाइते भएका छन् ।
जिल्लाको सप्तकोशी नगरपालिका २ परसा चोकस्थित कंचनपुरबाट फत्तेपुरतर्फ आउदै गरेको बा.४ख. ६५७५ नं. को हायसले ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमान श्रीमती घाइते भएका हुन् ।
बा.४९प.३१९१ नं. को मोटरसाइकललाई हयासले पछाडिबाट ठक्कर दिदा मोटरसाइकल चालक कंचनरुप ७ बस्ने ४२ वर्षिय पशुराम बस्नेत र पछाडी सवार उनकी श्रीमति ४० वर्षिया रेखा बस्नेत घाइते भएको प्रहरीले जनाएको छ ।
दुवै जनालाई उपचारका लागि बिराटनगर पठाईएको र घटनाबारे थप अनुसन्धान तथा हायस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै बिहीबारै कंचनरुप १० बदगामास्थित पुर्व पश्चिम लोकमार्गमा एक मोटरसाइकलले अर्को मोटरसाइकललाई ठक्कर दिँदा दुबैका चालक घाइते भएका छन् ।
पश्चिमबाट पुर्वतर्फ जादै गरेकोको प्र.१–०२–०५० प.६३६३ नं. को मोटरसाइकलले सोही दिशा तर्फ जादै गरेको को.८प.९६३९ नं. को मोटरसाइकललाई ओभर टेक गर्ने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्करबाट प्र.१–०२–०५० प.६३६३ नं. को मोटरसाइकल चालक कंचनरुप ६ बस्ने ३५ वर्षिय एगेश राज शर्मा र को.८प.९६३९ नं. को मोटरसाइकल चालक वडा नं. १० बदगामा बस्ने ३५ वर्षिय भरत प्रसाद गुप्ता घाइते भएका हुन् ।
घाइते दुबै जनालाई उपचारका लागि धरान घोपा अस्पतात तर्फ पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ