News Category 2080/01/21
तीन सय विपन्न घरपरिवारको फुसको छानो हटाउने तयारी
दैनिक समाचारदाता
राजविराज, २१ बैशाख ।
सप्तरीको रुपनी गाउँपालिकाले थप ३ सय विपन्न घरपरिवारका लागि फुसको छानो हटाउने अभियान अन्तर्गत सहयोग गर्ने भएको छ ।
विहिवार प्रतिनिधी सभा सदस्य दिनेश कुमार यादवको अध्यक्षतामा गाउँपालिकाको सभाकक्षमा वसेको सुरक्षित नागरिक आवास समन्वय समितीको बैठकले गरिब निमुखाका लागी सुरक्षित घर बनाउन थप ३ सय परिवारको पहिचान गरी शहरी विकास मन्त्रालयबाट आवश्यक बजेटका लागी पहल गर्ने निर्णय गरेको छ ।
बैठकमा समितीका अर्का सदस्य जिल्ला समन्वय समितीका उपप्रमुख शम्भु यादव र सदस्य सचिव समेत रहेका सघन शहरी आयोजना कार्यालयका प्रमुख सचिन्द्र देव, रुपनी गाउँपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत जामुन कुमार दास लगायतको सहभागिता रहेको थियो ।
फुसको छानाका कारण हावाहुरीको समयमा अत्यधिक आगालागीका घट्ना हुदा ठूलो धनजनको क्षति हुने र बर्षेनी परालले छानो हाल्नु पर्ने समस्यालाई दृष्टिगत गरी गाउँपालिका क्षेत्र भित्र रहेको पुृmसको छानो विस्थापति गर्ने योजना अभियान कै रुपमा अघि बढेको गाउँपालिका अध्यक्ष यादवले बताए ।
उक्त पालिका क्षेत्र भित्र हाल सम्म २ सय ४६ वटा घरको पुृmसको छानो हटाई जस्तापाता सहितको सुरक्षित घर बनाउने काम धमाधम भइरहेकोमा थप ३ सय विपन्न परिवारका लागी त्यस्तो तयारी थालिएको गाउँपालिकाले जनाएको छ ।
रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव सुरक्षित नागरिक अवास समन्वय समितीका सदस्य हुन भने प्रतिनीधी सभासदस्य यादव समितीका अध्यक्ष हुन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ