News Category 2080/01/22
कारागार क्षेत्रको अतिक्रमित जग्गा हटाउने तयारी
दैनिक समाचारदाता
राजविराज, २२ बैशाख
राजविराज कारागारको अतिक्रमित जग्गा खाली गराउन स्थानिय प्रशासन तातेको छ । शुक्रबार कारागार परिसरमै बैठक बसि अतिक्रमित जग्गा खाली गराउने निर्णय पनि गरेको छ ।
स्थानिय प्रशासन, जनप्रतिनिधि, संचारकर्मी, सरोकारवाला निकायहरुको कारागार परिसरमै बसेको बैठकले अतिक्रमणले साँघुरो बन्दै गएको कारागार क्षेत्रलाई अतिक्रमणबाट मुक्त गराउने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रहरी उपरिक्षण नरेन्द्र कार्की, कारागार प्रशासन तथा सरोकारवालाहरु सम्मिलित बैठकले आगामी आइतबार अतिक्रमित जग्गा खाली गराउने बारे सूचना प्रकाशित गरि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
यसअघि २०६६ साल चैत १२ गते पनि कारागार व्यवस्थापन विभागले जिल्ला प्रशासन कार्यालयलाई कारागार क्षेत्रमा भएको अतिक्रमण हटाउन पत्राचार गरेको थियो । तर विविध कारण देखाई अतिक्रमण हटाउने कार्यलाई अघि बढाउन सकिएको थिएन् ।
यससम्बन्धमा स्थानिय प्रशासनले यसअघि पनि पटक पटक सूचना जारि गर्दै कारागार क्षेत्रमा भएको अतिक्रमित जग्गा खाली गर्न समयसीमा नै तोकेर आग्रह गरे पनि वेवास्ता गरिदै आएको थियो ।
कारागारको कुल २ विगहा १३ कठ १९ धुर जग्गा रहेकामा १ विगहा ६ कठ १२ धुर जग्गा अतिक्रमणको चपेटमा परेको छ । सो जग्गामा विभिन्न व्यक्तिले अतिक्रमण गरि घरटहरा नै निर्माण गरेकाले १ विगहा ७ कठा् ७ धुर जग्गा मात्र कारागारले उपभोग गर्न पाएको र यसले कैदीबन्दीको ब्यवस्थापन र कारागार सुरक्षामा समेत समस्या भइरहेको कारागार प्रशासनले जनाएको छ ।
हाल कारागारमा कैदीबन्दी राख्ने भवन समेत जिर्ण अवस्था पुगेको छ । कारागारको १ सय २५ जना कैदीबन्दी राख्ने क्षमता रहेकोमा अहिले ३ सय भन्दा बढी कैदीबन्दी सो कारगारमा रहेका छन् ।
यता कारागारको अतिक्रमित जग्गा खाली गराउने चर्चा फेरी सुरु भएसँगै वर्षौदेखी त्यसक्षेत्रमा बसोवास गर्दै आएका स्थानिय वासिन्दाहरुले बैकल्पिक व्यवस्था गरेर मात्र आफुहरुलाई बिस्थापित गर्न माग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ