News Category 2080/01/24
आत्महत्याका घटना सप्तरीमा भयावह बन्दै, एकै दिन दुई महिलासहित तीन जनाले गरे आत्महत्या, आत्महत्याको प्रयास गरेकी अर्की महिलाको अवस्था गम्भिर
— तीन महिनाको अवधीमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या ः ३०
— चालु आ.ब. २०७९÷८० को हालसम्मको अवधीमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या ः ८९
— गत आ.ब. २०७८÷७९ मा विष सेवन तथा झुण्डिएर आत्महत्या गर्नेको संख्या ः १३६
दैनिक समाचारदाता
राजविराज, २४ बैशाख ।
सप्तरी जिल्लामा आत्महत्याका घटना भयावह बन्दै गएको छ । आईतवार एकै दिन दुई महिलासहित तीन जनाले झुण्डिएर आत्महत्या गरेका छन् भने आत्महत्याको प्रयास गरेकी अर्की एक महिलाको अवस्था गम्भिर छ ।
प्रहरीका अनुसार जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ की २१ वर्षिया सोनी कुमारी साह, राजविराज नगरपालिका १ की १८ वर्षिया बेबी भन्ने देवी कुमारी यादव र राजगढ गाउँपालिका ५ का २५ वर्षिय विवेक साहले छुट्टछुट्टै स्थानमा झुण्डिएर आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेश कुमार सिंहका अनुसार सोनी र बेवी भन्ने देवीले आफु वस्ने डेरा तथा घरमा र विवेकले होटल कोठामा झुण्डीएर आत्महत्या गरेका हुन । तीनै जना विहान क्रमशः डेरा, घर र होटल कोठामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।
मृतक तीनै जनाको शव परिक्षणका लागी गजेन्द्र नारायाण्ख सिह अस्पतालमा पठाई घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी सिहले जानकारी दिए ।
राजगढ गाउँपालिका घर भइ हाल राजविराज ७ मा इलोक्ट्रोनिक्स पसल संचालन गर्दै आएका विवेकले ४० किलो मिटर टाढा सप्तकोशी नगरपालिका १ फत्तेपुरस्थित इन्दे्रणी होटल एण्ड लँजको कोठा नंं. १०४ मा झुण्डिएर आत्महत्या गरेको प्रहरीको भनाई छ ।
यस्तै हनुमाननगर कंकालिनी नगरपालिका घर भई हाल राजविराज नगरपालिका २ मा डेरा लिई वस्दै आएकी सोनी सोही डेरामा तथा राजविराज १ की बेवी आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
यस्तै आईतवारै विहान घरायसी विवादमा विषादी सेवन गरेकी राजविराज नगरपालिका ६ खर्साल टोलकी ३५ वर्षिया तिलाठी मण्डलको स्थानीय गजेन्द्र नारायण सिह अस्पताल राजविराजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । नाम नखुलेको विषादी सेवन गरेरे गम्भीर अवस्थामा पुगेकी उनको उपचार जारी रहेको अस्पतालले जनाएको छ ।
जिल्लामा तीन महिनाको अवधीमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या ३० पुगेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार चालु आ.ब. २०७९÷८० को हालसम्मको अवधीमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या ८९ पुगेको छ । गत आ.ब. २०७८÷७९ मा विष सेवन तथा झुण्डिएर १ सय ३६ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाएको छ ।
यता आत्महत्याको दर बढ्ने क्रम जारी रहदा स्थानीय समाज र प्रशासनले विभिन्न प्रयास थालेपनि न्यूनिकरण हुन भने सकेको छैन । प्रहरीले विगत तीन महिना यता आत्महत्या घट्ना न्युनिकरणका लागी विभिन्न पालिकामा सचेतना अभियान नै चलाएको छ । तर, पनि आत्महत्याका घटना दिनहुँजसो हुन थालेपछि यो विषय सबैको लागी टाउको दुखाई बनेको छ ।
विभिन्न घरायसी समस्या, श्रीमान श्रीमतीबीच वादविवाद, ऋणमा डुबेको, प्रेममा असफल, व्यापार घाटा, बेराजगारी लगायत अन्य विभिन्न समस्यासँग संघर्ष गर्न नसकि बाध्य भई आत्महत्याको बाटो रोज्नु परेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ