News Category 2080/01/24
आत्महत्याका घटना सप्तरीमा भयावह बन्दै, एकै दिन दुई महिलासहित तीन जनाले गरे आत्महत्या, आत्महत्याको प्रयास गरेकी अर्की महिलाको अवस्था गम्भिर

— तीन महिनाको अवधीमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या ः ३०
— चालु आ.ब. २०७९÷८० को हालसम्मको अवधीमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या ः ८९
— गत आ.ब. २०७८÷७९ मा विष सेवन तथा झुण्डिएर आत्महत्या गर्नेको संख्या ः १३६
दैनिक समाचारदाता
राजविराज, २४ बैशाख ।
सप्तरी जिल्लामा आत्महत्याका घटना भयावह बन्दै गएको छ । आईतवार एकै दिन दुई महिलासहित तीन जनाले झुण्डिएर आत्महत्या गरेका छन् भने आत्महत्याको प्रयास गरेकी अर्की एक महिलाको अवस्था गम्भिर छ ।
प्रहरीका अनुसार जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ की २१ वर्षिया सोनी कुमारी साह, राजविराज नगरपालिका १ की १८ वर्षिया बेबी भन्ने देवी कुमारी यादव र राजगढ गाउँपालिका ५ का २५ वर्षिय विवेक साहले छुट्टछुट्टै स्थानमा झुण्डिएर आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेश कुमार सिंहका अनुसार सोनी र बेवी भन्ने देवीले आफु वस्ने डेरा तथा घरमा र विवेकले होटल कोठामा झुण्डीएर आत्महत्या गरेका हुन । तीनै जना विहान क्रमशः डेरा, घर र होटल कोठामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।
मृतक तीनै जनाको शव परिक्षणका लागी गजेन्द्र नारायाण्ख सिह अस्पतालमा पठाई घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी सिहले जानकारी दिए ।
राजगढ गाउँपालिका घर भइ हाल राजविराज ७ मा इलोक्ट्रोनिक्स पसल संचालन गर्दै आएका विवेकले ४० किलो मिटर टाढा सप्तकोशी नगरपालिका १ फत्तेपुरस्थित इन्दे्रणी होटल एण्ड लँजको कोठा नंं. १०४ मा झुण्डिएर आत्महत्या गरेको प्रहरीको भनाई छ ।
यस्तै हनुमाननगर कंकालिनी नगरपालिका घर भई हाल राजविराज नगरपालिका २ मा डेरा लिई वस्दै आएकी सोनी सोही डेरामा तथा राजविराज १ की बेवी आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
यस्तै आईतवारै विहान घरायसी विवादमा विषादी सेवन गरेकी राजविराज नगरपालिका ६ खर्साल टोलकी ३५ वर्षिया तिलाठी मण्डलको स्थानीय गजेन्द्र नारायण सिह अस्पताल राजविराजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । नाम नखुलेको विषादी सेवन गरेरे गम्भीर अवस्थामा पुगेकी उनको उपचार जारी रहेको अस्पतालले जनाएको छ ।
जिल्लामा तीन महिनाको अवधीमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या ३० पुगेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार चालु आ.ब. २०७९÷८० को हालसम्मको अवधीमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या ८९ पुगेको छ । गत आ.ब. २०७८÷७९ मा विष सेवन तथा झुण्डिएर १ सय ३६ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाएको छ ।
यता आत्महत्याको दर बढ्ने क्रम जारी रहदा स्थानीय समाज र प्रशासनले विभिन्न प्रयास थालेपनि न्यूनिकरण हुन भने सकेको छैन । प्रहरीले विगत तीन महिना यता आत्महत्या घट्ना न्युनिकरणका लागी विभिन्न पालिकामा सचेतना अभियान नै चलाएको छ । तर, पनि आत्महत्याका घटना दिनहुँजसो हुन थालेपछि यो विषय सबैको लागी टाउको दुखाई बनेको छ ।
विभिन्न घरायसी समस्या, श्रीमान श्रीमतीबीच वादविवाद, ऋणमा डुबेको, प्रेममा असफल, व्यापार घाटा, बेराजगारी लगायत अन्य विभिन्न समस्यासँग संघर्ष गर्न नसकि बाध्य भई आत्महत्याको बाटो रोज्नु परेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/11 पानीको समस्या समाधान गर्न प्रजिअद्वारा स्थलगत निरिक्षणका साथै निर्देशन
- 2082/04/11 कृषि विश्वविद्यालयमा तालाबन्दी
- 2082/04/11 स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना
- 2082/04/11 मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
- 2082/04/11 ३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
- 2082/04/11 चोरी पैठारीका ७४ कार्टुन मदिरा र २८ बोरा कुरमुरे भन्सार बुझाइयो
- 2082/04/11 आदिवासी जनजाती समुदायको परम्परागत खाद्य पहिचान गर्दै अर्थ ब्यवस्था सुदृढ गर्नु पर्छ ः मन्त्री लेखी
- 2082/04/10 करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
- 2082/04/10 कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
- 2082/04/10 तपेश्वरीमा पहिलो पटक मिनि महोत्सव हुँदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ